विराटनगर। विराटनगर भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रण गर्ने आफ्नो सर्यन्त्रलाई परिचालन गर्न नसक्दा चोरी पैठारीको कार्य रोकिएको छैन।

भारतको जोगवनी प्रवेश गर्नु अगाडी विराटनगर भन्सार कार्यालय मातहत रहेको ढाटसोहि बाटो बाट आवत जावत हुने गर्दैछ। सोहि स्थानमा भन्सार कार्यालयका प्रमुख एवं भन्सार अधिकृतको आवास छ तर यति हुँदा हुँदै सोहि बाटो बाट निर्वाध रुपमा समान ओसार पोसार गर्ने कार्य तिब्र गतिमा भई रहेको छ।

यसलाई हेर्दा भन्सार प्रमुख र अधिकृत कै आखाँ अगाडी बाट सामान ओसार पोसार व्यापारिक प्रयोजन को लागि भई रहेको हुँदा कतै मिलोमत त भएको छैन भन्ने आशंका उब्जिएको छ। पछिलो समय विहान ५ बजे देखि १० बजे सम्म व्यापारीक प्रयोजनको सामान निकै जाने गरेको यसको सहजीकरण त्यहाँ खटिएको सशस्त्र प्रहरी बलको इन्चार्ज बाट भई रहेको छ।

यस तर्फ भन्सार प्रशासन समेत निरिह बन्दै गएको पाइएको छ। विहान १० बजे पछि बेलुका ६ बजे सम्म जोगवनी बाट सामान व्यापारिक प्रयोजनको लागि ल्याउने व्यक्तिले राजश्व भुझाउछु भन्दा पनि राजश्व लिन मिल्दैन भनेर भन्सार कार्यालयको निर्देशन भएको कारण सो समयमा बेला बखत सामान विराटनगर तर्फ भित्रिने गरेको छ। सो बाटो बाट काजु किसमिस हा्बदम डेरिमिल्क चकलेट निर्वाध रुपमा आइरहेको छ।

यसको ज्वलन्त उदहारण पुर्वको नाम चलेको पसल देखि सामान्य पसल रहेका छन्। खुला सिमाना भएको कारण अन्य स्थान स्लामपुर एरिया सिमा प्रहरी चोकी रानी देखि हुलास चोकी सम्मको बाटो विराटनगर रानी को चाइना मार्केट क्षेत्र दैराया क्षेत्र उखुबारी बुधनगर लगायत स्थान बाट सामान ओसार पोसार भई रहेको छ।

यी स्थान सुरक्षा कर्मी को उपस्थिति रहेको छ तर पनि सामान ओसार पोसार भई रहेको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरि छ।

तपाईको प्रतिक्रिया