विराटनगर ।
खुल्ला सिमाना भएको कारण सोको फाइदा उठाउदैं माछाको अबैध कारोवार विभिन्न नाका बाट भै रहेको छ । भारतबाट माछा लयउदा केही व्यापारिहरुले भन्सार विन्दुबाट नल्याई चोर बाटोबाट ल्याउने गरेका कारण यहाँको माछा किसान एवम माछा व्यापारिहरु मारमा परेका छन ।

पछिल्लो समय नोचा मझारे एवम बुधनगर क्षेत्रकाट यहाँको माछा तस्किरी भइरहको स्रोतले बतायो । बुधनगरको ेफडानी र मझारेको जहादाको बाटो भएर माछा तस्करी भैरहेको छ । उक्त बाटो बाट माछाको तस्किरी गर्ने हरुले रेल्बे लाइन , लक्ष्मिनीया , उक्त क्षेत्रको नहर भएर माछा ल्याइरहेका छन ।
मुल नाकाबाट केही गरि छुटे पनी कटहरी प्रहरी चौकी , हाटखोला प्रहरी चौकी भएपनी उनीहरुले त्यस तर्फ चासो दिएका छैनन । माछाको तस्किरी गर्ने ले माछाको आडमा अन्य सामान नल्याउलान भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया