विराटनगर । नेपालको पछिल्लो राजनीतिक घटना क्रमलाई हेर्ने हो भने नेपाल अमेरिका, चीन र भारतको क्रीडास्थल बन्दै गएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका जिल्ला अध्यक्ष गोपाल कटुवालले सो कुरा भन्नुभएको हो ।
नेपाल जटिल मोडमा पुगेको छ । राष्ट्रको स्वाभिमान हराउनेतर्फ उन्मुख छ । देशको ठुला दल भनाउँदाहरूले पार्टीको विधारअनुसार आफूलाई अगाडि ल्याउन सकेका छैनन् । उनीहरूले पार्टीलाई विदेशीको इसारामा चलाइरहेका छन्, कटुवालको भनाइ रहेको छ ।
नेपालका दलहरू धेरै छन् । उनीहरूमध्ये अधिकांशले विदेशी उत्पादन मार्क्स, लेलिन, माओ, महात्मागान्धीलाई मान्दै आएका छन्, ती विदेशी उत्पादन हुन् । विदेशी उत्पादनलाई आफ्नो आस्थाको धरोहर मान्नेलाई नेपालको माया हुँदैन भन्नुहुँदै राजसंस्था नेपालको उत्पादन हो त्यही भएर नेपालको माया राजसंस्थालाई मा्र हुने दाबी कटुवालले गर्नुभएको छ ।
अहिलेको समस्याको निकास भनेको संघीयताको खारेजी, राजसंस्थाको पुनः बहाली हो । यसको लागि सबै एक हुनुपर्छ, अध्यक्ष कटुवालको भनाइ रहेको छ ।
नेपालमा पुनः राजनीतिक परिवर्तनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको घोषणा गरेको छ । आन्दोलनबाटै आफ्नो मागलाई स्थापित गर्न राप्रा लाग्ने कुरा समेत कटुवालले बताउनुभयो ।
आन्दोलनलाई उचाइमा पुर्याउन राप्रपाले मोरङमा फागुन २८ गते पालिका वडास्तरीय १ दिने आन्दोलन सम्बन्धी अनुशिक्षण कार्यशाला गोष्ठी, चैत १ देखि ४ गतेसम्म जिल्लामा व्यापक रूपमा कोणसभा र ज्ञापन पत्रको जानकारी, चैत ७ गते जिल्ला स्तरीय सभा गर्ने कार्यक्रम रहेको कटुवालले बताउनुभयो ।