विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी चैत २७ गतेको काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल पार्न राप्रपा मोरङ पनि सक्रिय रूपमा लागेको छ ।

राप्रपा मोरङले सङ्गठन बिस्तार गर्दै राष्ट्रवादी बिचार बोकेका व्यक्तिलाई सङ्गठित गर्दै आएको छ । राप्रपा मोरङका महलमा राष्ट्रिय प्रजातन्त्र पार्टी कानेपोखरी गाउँपालिकाको वडा नं. २ को वडा भेला सम्पन्न गरेको छ ।

उक्त वडा भेलाले महेश्वर कोइरालाको अध्यक्षतामा २३ सदस्य राप्रपा कानेपोखरी वाड नं. २ वडा समिति गठन गरेको छ । उक्त सदस्यमा श्याम कार्की, प्रेम कोइराला, दया नेपाल, सुजन नेपाल, कृष्ण विष्ट, उमा विष्ट, श्रीमती कृष्ण कोइराला, मन्जु अधिकारी, शोभित मगर, टीकाकुमारी मगर लगायत रहनुभएको छ ।

उक्त कार्यक्रमलाई राप्रपा मोरङ उपाध्यक्ष राजेश मास्के, जिल्ला सदस्य जय सिटौला, दिपेन लामा, राप्रपा महिला सङ्गठन बेलबारी सदस्य मीना बस्नेत लगायतले बोल्नुभएको थियो । देशको वर्तमान अवस्थालाई परिवर्तन सँगसँगै व्यवस्था पनि परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया