विराटनगर । ‘हाम्रो सान विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मुल नाराका साथ आठौँ संस्करण विराट गोल्डकफ टुर्नामेन्ट हुन गइरहेको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टले विगतमा विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समिति गठन गरी आयोजना गर्दै आएकोमा यसपटक ट्रष्ट आफैँले टुर्नामेन्ट सञ्चालन गर्न गइरहेको छ ।

विराट गोल्डकप फुटबल टुर्नामेन्टमा भारतबाट २ वटा टिम भुटानबाट १ टिम र नेपालबाट विभागीय टिमहरू ७ वटा गरी जम्मा १० टिमको सभागीता रहने कुरा ट्रष्टरका अध्यक्ष किशोरबहादुर शाहीले बताउनुभयो ।

चैत १५ देखि २४ सम्म हुने गोल्डकप टुर्नामेन्टमा साउथन समिति फुटबल क्लव कोलकत्ता, भारत सिक्किम, ड्रायन फुटबल सिक्किम भारत, आर.टी.सी. फुटबल, त्रिभुवन आर्मी क्लव, मच्छिन्द्र फुटबल क्लव, एन.आर.टी क्लव नेपाल एपी.एफ.क्लव चर्ज ब्याइ फुटबल क्लब र साग्रिला मोरङ एफ ए को सहभागिता हुने शाहीले बताउनुभयो ।

विराट गोल्डकप फुटबल टुर्नामेन्ट सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय खर्च हुने अनुमान गरिएको छ ।

विजेतालाई ११ लाख, उपविजेतालाई ५ लाख ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ । सातौँ संस्करणमा विजेतालाई २० लाख, उपविजेतालाई १० लाख गरिएको थियो तर यसपटक पुरस्कारको राशि घटाइएको छ । सातौँ संस्करणको फुटबल टुर्नामेन्ट सम्पन्न गर्न विराटनगर महानगरपालिकाका मेयर समेत रहनुभएका नागेश कोइरालालाई जिम्मा दिइएकोमा सातौँ संस्करणको विराटनगर गोल्डकप फुटबल टुर्नामेन्टमा ८० लाख जति घाटा भएको कुराको खाका कोइरालाले प्रस्तुत गर्नुभएको थियो । ५ महिना अगाडि उक्त खाकालाई विराट गोल्डकप फुटबल ट्रष्टले अनुमोदन गरेको थिएन ।

अडिट रिपोर्ट बिना प्रस्तुत गरिएको आयव्यय विवरणको खाकालाई ट्रष्ट भित्र विवाद हुँदाहुँदै प्रस्तुत गरिएको थियो । उक्त खाका नै अन्तिम भएको तर्क तत्कालीन विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समितिका अध्यक्ष नागेश कोइरालाले बताउनुभयो ।

विराट गोल्डकप फुटबल ट्रष्टसँग लेखा परीक्षण सहित अडिट रिपोर्ट भएको सातौँ संस्करणको गोल्डकप टुर्नामेन्टको आय खर्च विवरवण प्राप्त नभएको कुरा ट्रष्टका जिम्मेवार व्यक्तिले बताउनुभएको छ ।

सातौँ संस्करणको विजेता टिम, विराटनगर सिटी क्लवलाई यसपटक समावेश नगरेको हो वा क्लवले इच्छा नदेखाएको भन्ने विषयमा जिज्ञासा राख्दा ट्रष्टका अध्यक्ष किशोर शाहीसँग जिज्ञासा राख्दा सातौँ संस्करणको विजेता टिम विराटनगर सिटी क्लब प्राविधिक कारणले यस टुर्नामेन्टमा सहभागिता जनाउन नपाएको शाहीले बताउनुभयो ।

सातौँ संस्करणको टुर्नामेन्टको हिसाब पारदर्शी नभएको हुँदा आठौँ संस्करणको टुर्नामेन्टको हिसाब पारदर्शी गर्नेतर्फ ट्रष्टका पदाधिकारीहरूले ध्यान दिनु जरुरी छ ।

तपाईको प्रतिक्रिया