पूर्वकै प्रख्यात बरमझियाको पेडा पसल मानिन्छ । उक्त क्षेत्रमा धेरै पेडा पसल छन् । सबै शुद्ध पेडा पसल भनेर प्रचार गर्ने गरिन्छ ।
उक्त पेडा पसल कुन सक्कली हो, कुनमा मिसावट छैन सो कसैले पनि हेरेका छैनन् ।

सोही प्रकृतिको रोग पूर्वमै पाइने जिरा मसिनो चामलमा पनि देखिने गरेको छ ।

पूर्वमा धेरै चालम मिल छन् । सबैले आ-आफ्नो ब्राण्डको जिरा मसिनो चामल भनेर बजारमा ल्याइरहेका छन् । यसरी ल्याइएको चामलमा व्यापक रूपमा मिसावट हुने गरेको पाइएको छ ।

पूर्वमा पाइने जिरा मसिनो चामलमा रञ्जत मन्सुली चामल मिसाइने गरेको कुरा व्यापारी बिच चर्चा चलिरहेको छ ।

जिरा मसिनो चामलमा रञ्जित मसुली चामल ५०% मिसाइने गरिन्छ भने केही उद्योगले सबै रञ्जित मन्सुलीलाई जिरा मसिनो चामल भनेर बजारमा ल्याइरहेको पाइएको छ ।

यसतर्फ नियमनकारी निकायको ध्यान जान सकेको छैन ।

यहाँ खाद्यान्नकै कुरा गर्ने हो भने जोगवनी बजारमा मिसावट नगरिएको जिरा मसिनो चामल २६ के.जी. को २ हजार पर्दछ । नेपालमा मिसावट नगरिएको जिरा मसिनो चामल २५ के.जी.को २६ सय पर्दछ तर नेपालमा कम मूल्यमा िरा मसिनो चामल बजारमा आइरहेको । यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

भारतमा खानेतेल १ सय ५० रुपैयाँ लिटर, चिनी ६५/- रुपैयाँ किलो, जम्बो कोक २.५ लिटरको १ सय २० रुपैयाँ, डेरिमिल्क १०/-, २०/-, ६४/-, १३०/-, १६०/- र २५५/- रुपैयाँ पर्ने खालको पाइन्छ । सोही डेरिमिल्क विराटनगरमा २०/-, ४०/-, ८०/-, १६०/-, २००/-, ३२०/- पर्दछ । डेरिमिल्क भन्सार बिन्दुबाट राजस्व तिरेमा १००/- को डेरिमिल्कको भन्सार ६५/- रुपैयाँ तिर्नुपर्छ तर डेरिमिल्क भन्सार राजस्व बुझाएर आएको छैन ।

विराटनगरदेखि जोगवनी ७ किलोमिटरको दूरीमा पर्दछ । मानिसलाई चाहिने खाद्यान्नमा अत्यधिक मूल्य नेपालमा तिर्नु परेपछि नेपालीहरू भारततर्फ सामान लिन जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया