विराटनगर । सरकारी एवम् स्थानीय तहबाट वृक्षारोपणको काम निकै भएको छ । आर्थिक वर्ष २०८०/०८१ तिर सडक छेउमा सडकको बिचमा रहेको डिभाइडरमा वृक्षारोपण निकै भएको छ । जहाँ जहाँ वृक्षारोपण गरियो उक्त स्थानमा रोपिएको बोटबिरुवालाई चाहिने जलमलको उचित प्रवन्ध नहुँदा उक्त लगानीबाट कुनै खासै प्रतिफल प्राप्त हुन सकेको छैन ।
विराटनगर बजारमा जोगवनी-रानीतिर तत्कालीन आन्तरिक कानुनमन्त्री जो अहिले मुख्यमन्त्री हुनुहुन्छ केदार कार्कीको सांसद कोषबाट सडक छेउमा फलामको डण्डा गाडेर गमला या वृक्षारोपण गरियो अहिले उक्त ठाउँमा जाने हो भने बालुवामा पानी हाले सरह भएको छ ।
मुख्यमन्त्री कार्यलयदेखि बरगाछीसम्मको सडकको बिचमा वृक्षारोपण गरियो उक्त वृक्षारोपण जोबाट भयो जसले गरायो एक पटक पनि फर्केर हेर्ने काम भएन । खाली गर्िम् न त जस्तो गरेर काम भएको छ । यसरी वृक्षारोपण गरेर ध्यान नदिएको उक्त स्थानमा ‘दर्शन नेपाल निःशुल्क अभियान’को ध्यान केन्द्रित भएको छ ।
उक्त अभियानले मुख्यमन्त्री कार्यालयदेखि बरगाछीसम्मको सडकको बिचमा विगतमा रोपिएको बोटबिरुवालाई पानी हाल्ने र सुकेको ठाउँमा नयाँ बिरुवा रोप्ने काम गरिरहेको छ ।
यसरी पानी हाल्ने उक्त स्थानमा फालिएको प्लाष्टिकको झोला, गुड्काको खोल, अन्य वस्तुको खोलालाई निकालेर सफा गर्ने काम गर्दै आएको छ । १० दिनदेखि नियमित रूपमा उक्त काम गरेपछि मर्न लागेको बोटबिरुवाको पालुवा पलाएको छ । उक्त मृत्युवरण गर्न लागेको बोटबिरुवाले नवजीवन प्राप्त भएको छ ।
आफ्नो घर छेउ बाटोलाई सफा राख्नुपर्ने र विराटनगरलाई नगरको रूपमा स्थापित गर्न सबैले आ-आफ्नोतर्फबाट काम गर्नुपर्ने देखिएको छ ।