पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए ।

सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला सेलिङ माबो द्वारा लिखित याक्थुङ लिम्बू भाषाको कविता कृति सेप्माङ्लक को चर्चा गरिएको थियो । पुस्तकमाथि प्रमुख अतिथि जबेगुसँगै फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, साहित्यकार मधुराज केरुङ, मनोज राई, बाबुराम पौडेल र सुनिल आङबोले समिक्षात्मक टिप्पणी राखेका थिए।
सो अवसरमा लेखक द्वय भिमकुमार सेलिङ र लिला सेलिङ माबोलाई याङवरक गाउँपालिका, ३ नं।वडा कार्यालयले सम्मान गरेको थियो। लेखनको माध्यमबाट ओयामको प्रतिष्ठा उच्च बनाउन योगदान पु¥याएकोमा लेखक द्वयलाई सम्मान गरिएको वडा अध्यक्ष बिमल राईले बताए।

कार्यक्रममा आयोजित कविता प्रतियोगितामा पवित्रा प्रयत्न प्रथम, बिनोद ओडारी द्वितीय र उमा ओारी ्रितीय भएका थिए। उनीहरुलाई नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया