विराटनगर । भारतको जोगवनी बजार पूर्वकै लागि महत्त्वपूर्ण बजारको रूपमा मानिने गरेको छ । जोगवनी बजारबाट मात्र दैनिक १ करोडभन्दा बढीको सामानहरू नेपाल भित्रिने गरेको छ भने दैनिक दुई हजारको हाराहारीमा जोगवनी बजारमा गई सामान किन्ने काम पूर्वका साना व्यापारदेखि घरायसी सामान किन्ने गरिन्छ ।
यसलाई कसैले पनि अस्वीकार गर्न सक्ने अवस्था छैन ।
जोगवनीदेखि सामान किनेर ल्याउने वा पैदल यात्रीहरूले दुई नम्बर गेट र तीन नम्बर गेटबाट आफ्नो गन्तव्यतर्फ आउने गरेका छन् ।
जोगवनीको कपडा पसल नारायण स्टोर, कलकत्ता स्टोर, आदर्श वस्त्रालय, शुभम कपडा पसल, साडी महल लगायत दर्जनौँ पसलबाट कपडाहरू किन्ने भिड लाग्ने गर्दछ । ठुला परिणामको कपडा किन्ने व्यक्तिलाई नेपालतर्फ कपडा लादा असहज नहोस् भनेर सहजिकरण गर्ने गरेका छन् ।
ानोतिनो कपडा २ नम्बर र ३ नम्बर गेट हुँदै सामान कटाएर सामान किन्ने व्यक्तिको जिम्मा लगाउने गरेका छन् ।
शुभम कपडा पसलमा कार्यरत एक कर्मचारीले २ नम्बर गेटबाट केही कपडा कटाउने प्रयास गरेका थिए । आफ्नो घरको लागि भनेर त्यहाँ कार्यरत भन्सार कर्मचारी र सुरक्षा निकायले बिल माग्दा बिल पसलमा छ भनेर जवाफ दिएका थिए । पछि पसलबाट मोबाइलमा बिल मगाएका थिए । यो कार्य देखेपछि कपडा नियन्त्रणमा लिने काम भएको थियो ।
यो प्रतिनिधि पात्र हुन् । अरू पनि थाहा नपाउने गरी सामान पसलहरूले कटाउने काम गरिदिने छैनन् भन्न सकिँदैन ।
२०८० चैत महिनामा मात्र जोगवनी प्रवेश गरी जोगवनीबाट सामान ल्याउनेको सङ्ख्या ६८९ पुगेको छ । के एक महिनामा ६८९ जनाले मात्र जोगवनी गई सामान ल्याएका छन् भन्ने तथ्याङ्कले देखाएको छ ।
यसलाई कसैले पनि मान्न सकिने आधार छैन । भन्सार यात्रु शाखाले चैत महिनामा ११ लाख २६ हजार भन्दा बढीको राजस्व उठाएको छ ।
२०८० चैत १ देखि १५ सम्म ८, १०, ९, २३, ४, २९, २१, १९, २३, १६, १८, १, १४, १५, ४४ ले मात्र जोगवनीबाट सामान किनेर ल्याउने र राजस्व तिर्ने काम गरेका छन् ।
त्यसै गरी चैत १६ देखि ३० गतेसम्म १५, ६१, १७, २२, ३८, २१, २९, ३५, २१, ८, ३१, ४४, ३२, २२, ३९ जनाले मात्र जोगवनी गएर सामान किनेर राजस्व बुझाएका छन् ।
यहाँ यसलाई हेरेर आधार मान्ने हो भने विराटनगर गुलजार हुनुपर्ने हो तर हुन सकेको छैन । आइ.सी.पी. बाट पास हुने महँगा सामानहरू सीमा प्रहरी रानीदेखि उत्तर हुलासचोकसम्मबाट सामान ओसारपसार हुने गरेको छ । ठुलो मात्रामा सामान नेपाल प्रवेश गराउँदा राति २ देखि ४ बजेको बिचमा गरिन्छ । जोगवनीतर्फ सहज भएपछि जोगवनी सामान कटाउने जिम्मा लिएकाले टर्च लाइट माथि बालेर नेपालतर्फ सङ्केत दिने गरेका छन् । नेपालतर्फले आफ्नो क्षेत्रमा सहज बनाएपछि जोगवनीतर्फ आकाशमा लाइटको प्रकाश दिएपछि काम सुरु हुने गरेको बताइन्छ ।
त्यही भएर आइ.सी.पी. बाट जाने सामान आइ.सी.पी. भएर नेपालतर्फ आउँदैन किन यसतर्फ सरोकारवाला नियमनकारी निकायको ध्यान जानु जरुरी छ ।