विराटनगर । विराटनगरमा आठौँ संस्करणको विराट गोल्ड कप फुटबल टुर्नामेन्ट घेराबन्दीको बिचमा सम्पन्न भएको छ ।
विराट गोल्ड कप फुटबल टुर्नामेन्ट सम्पन्न गर्न आयोजन समिति गठन नगरीकन विराट गोल्ड कप फुटबल ट्रस्टले टुर्नामेन्ट गर्ने निर्णय गरेपछि ट्रस्टमा आबद्ध केही व्यक्तिहरूले घेराबन्दी गरे पनि टुर्नामेन्ट सम्पन्न भएको छ । गोल्ड कप सञ्चालन गर्न प्रायोजक गर्नुहुने केही व्यापारी प्रतिष्ठान एवम् अन्य संस्थाले सुरुमा जुन प्रकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए पछि हात उठाएर भने अनुसारको सहयोग गर्न असमर्थ रहेको जानकारी ट्रस्टका पदाधिकारीलाई गराएर टुर्नामेन्टलाई असफल पनि सुरु देखि नै लागि परेका थिए । विराट गोल्ड कप फुटबल ट्रस्टकै केही पदाधिकारीले आफ्नो अनुकूल नभएपछि आफ्नो तर्फबाट गोल्ड कपलाई असफल पार्न ठुलो भूमिका खेलेको कुराले ट्रस्ट भित्र निकै चर्चा पाउन थालेको छ ।
चारैतिरबाट घेराबन्दीमा पार्दै आए पनि ट्रस्टका अधिकाश पदाधिकारीले उच्च मनोबल पारेको कारण टुर्नामेन्ट सम्पन्न भएको छ ।
प्रायोजक, सह प्रायोजक सहित अन्य निकायबाट प्राप्त हुने रकम अहिलेसम्म प्राप्त हुन सकेको छैन । रकम दिने व्यापारिक, प्रतिष्ठान कोसी प्रदेश अन्तर्गतको केही कार्यालय, खेलकुद विकास बोर्ड लगायतले आफूले दिने भनेको रकम दिएमा ४ लाखको हाराहारीमा नाफा हुने बताइन्छ ।
चारैतिरको घेराबन्दी बिच गोल्ड कप सम्पन्न गर्नु पनि ट्रस्टको लागि ठुलो चुनौती नै थियो ।
विराट गोल्ड कप फुटबल टुर्नामेन्ट सञ्चालन गर्ने जिम्मा विगतमा भीम कुँवर, राजेन्द्र राउत, नवीन रिजाल, मनोज विक्रम शाह, नागेश कोइरालाले लिनुभएको थियो । उहाँहरूले गोल्ड कप सम्पन्न गर्नुभएको इतिहास छ । घेराबन्दी किन गरियो यो सोचनीय विषय बनेको छ ।