विराटनगर । देशको पछिल्लो राजनीति घटनाक्रमसँगै खुला रूपमा सामान ओसारपसार हुने गरेको छ ।

जोगवनीका कपडा पसलहरूमध्ये अधिकांशले जोगवनीबाट नेपालतर्फ प्रवेश गराउने र नेपालबाट गन्तव्यतर्फ सामान पुर्‍याइदिने काम भइरहेको छ ।

जोगवनीबाट सामान ल्याउँदा भारतीय भन्सार कर्मचारीलाई सामानको प्रकृति हेरी ५०० रुपैयाँ नेपाली र बोर्डरमा खटिएको भारतीय सुरक्षाकर्मीलाई भारु ५०० दिनुपर्ने व्यवस्था रहेको सामान ओसारपसार गर्ने कारोबारीले बताएका छन् । ठुलो परिणामको भारतबाट सामान ल्याउँदा जोगवनीका व्यापारीले नै सहजीकरण गर्ने र नेपालतर्फको जिम्मा सशस्त्र प्रहरीकै केही घुमुवाले लिने गरेको घटना बाहिर आइरहेको थियो । उक्त कुराको पुष्टि शनिवारको घटनाले गरिदिएको छ ।

जोगवनीबाट २ लाखभन्दा बढीको सामान ल्याएपछि २ नम्बर गेटमा सुरक्षाको लागि खटिएको APF को टोलीले रोकेपछि सामान ल्याउने व्यक्तिले घरमा विवाह पार्टी भएको हुँदा सामान ल्याएको जवाफ दिएका थिए र APF ले भन्सार कटाउनुपर्छ भनिरहेको अवस्थामा सशस्त्र प्रहरीकै २ जना सिभिलमा आएका व्यक्तिले मेरा आफ्नो मानिस हुनुहुन्छ छोड्नुपर्‍यो भनेपछि सामान छोडिदिने काम भएको थियो ।

उक्त सामान सिटीमा हालेपछि सामान धनी सिटीमै चढेको र उक्त सिटीको पछाडि मोटर साइकलमा चढ्नुभएका दुई जना सशस्त्र प्रहरीका व्यक्तिले स्कटिङ गरेर विराटनगरतर्फ ल्याउने काम भएपछि सशस्त्र प्रहरीमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

उक्त घटना २०८१ वैशाख २९ गते ४ बजेतिरको हो । यस विषयमा २ नम्बर गेटमा खटिनुभएका APF का टोली इन्चार्जले उहाँहरू घुमुवा हो । हाम्रो बाध्यता रहेको जवाफ दिनुभएको थियो ।

यस घटनाको विषयमा सशस्त्र प्रहरी बल वाहिनी पकली सुनसरीको सशस्त्र प्रहरीका डि.आई.जी. सँग जिज्ञासा राख्दा हामीले घुमुवा राखेका छैनौ यस विषयमा के भएको भनेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया