विराटनगर । नेपाल-भारतको प्रमुख नाका जोगबनी एक प्रकारले अन्तर्राष्ट्रिय नाकाको रूपमा मानिँदै आएको छ ।
नेपालतर्फको जोगबनी प्रवेश गर्ने प्रमुख गेट र १, २, ३ नम्बर ढाटहरूको निगरानी एवम् सुरक्षा दिने काम नेपालतर्फको सशस्त्र प्रहरीबाट APF लाई दिए पनि जनशक्तिको अभाव भनौँ वा कुनै कारणले गर्दा गर्नुपर्ने काम हुन सकेको छैन ।
विराटनगरदेखि जोगवनी प्रवेश गर्ने २ नम्बर गेटदेखि १ नम्बर गेट बिचको भाग संवेदनशील क्षेत्रको रूपमा मानिन्छ ।
उक्त क्षेत्रमा जोगबनीबाट नेपालतर्फ आउने सवारी साधनहरूलाई सीमित क्षेत्रमा राख्न दिई नेपालको भन्सारले लिनुपर्ने सुविधाबापतको राजस्व लिई भारतीय सवारी साधनलाई नेपालतर्फ निर्धारित समयसम्म घुम्नको लागि अनुमति दिँदै आएको छ ।
जोगबनी नाका हुँदै नेपालतर्फ आउने भारतीय सवारी साधनको सङ्ख्या वैशाख महिनामा ५२८४ पुगेको छ भने उक्त सवारी साधनबाट ४२ लाखभन्दा बढी राजस्व असुल भएको छ तर उक्त क्षेत्रमा नेपाली सवारी साधनलाई पार्किङ गर्न निषेध गरेको सूचना सार्वजनिक गरे पनि नेपाली सवारी साधनहरू पार्किङ गर्ने काम भइरहेको छ ।
उक्त क्षेत्रमा नेपाली नम्बर प्लेटको सवारी साधन राख्ने, कुल्फी पसल, चटपटे पसलहरू सञ्चालनमा आइरहेका छन् ।
जुन क्षेत्र अति संवेदनशील मानिन्छ उक्त क्षेत्रमा पार्किङ गर्न र पसल सञ्चालन गर्न दिने काम भई रहेको छ । उक्त क्षेत्रको रेखदेख गर्ने र सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाएको APF टोलीले बेवास्ता गरेको पाइएको छ ।
सुरक्षा-संवेदनशीलतालाई ध्यान दिनुपर्ने ध्यान दिएको पाइँदैन । यसतर्फ मोरङको सुरक्षा निकायको समेत ध्यान जान सकेको छैन ।
उक्त क्षेत्रको अवस्था बारेमा सशस्त्र प्रहरी बल APF को कमान्डरलाई जानकारी नभएको हैन । सशस्त्र प्रहरी बल टङ्की सिनवारी, सशस्त्र प्रहरी बल बाहिनी पकली, राजस्व गस्ती टोली उक्त क्षेत्रको सुरक्षाको जिम्मा लिएको APF कमान्डरलाई थाहा नभएको होइन तर पनि त्यसतर्फ आफ्नो तहबाट चाल्नुपर्ने कदम चालेको पाइँदैन ।
नेपालतर्फको अति संवेदनशील क्षेत्रमा गाडी राख्ने जोगबनी बजार गएर सामान ल्याउने र गाडीमा राखेर नेपालतर्फ आउने गरिन्छ ।
जोगबनी गएर सामान ल्याउन ठुलो कुरा होइन तर APF बाट उक्त गाडीमा ल्याइएको सामान हेर्नेतर्फ खासै ध्यान दिएको पाइँदैन । यो उहाँहरूको चासोको विषय हो जुन स्थानमा जुन प्रयोजनको लागि भारतीय गाडीलाई केही समय राख्न दिइन्छ सोही क्षेत्रमा नेपालको सरकारी गाडी, निजी गाडी, मोटरसाइकललाई राख्न दिनुको कारण के के उक्त क्षेत्र अति संवेदनशीलबाट युक्त भएको हो । यसको जवाफ नियमनकारी निकायले पर्ने देखिन्छ ।
वैशाख महिनामा जोगबनी नाका हुँदै नेपालतर्फ प्रवेश गर्ने नेपालीमध्ये ५७९ जनाले राजस्व बुझाएका छन् ।
उक्त महिनामा ५७९ वटा विभिन्न सामानको प्रज्ञापन पत्र कटेको छ सो बापत ११ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
नेपालमा भन्दा जोगबनीमा सामान सस्तो भएको कारण नेपाली र जोगबनी गएर सामान किनेर ल्याउने गरेका छन् ।