विराटनगर । नेपाल भारतको जोगबनी नाका एक प्रकारको अन्तर्राष्ट्रिय बोडरको रूपमा स्थापित रहेको छ ।
यसको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल APF लाई दिए पनि उक्त निकायले यसलाई व्यवस्थापन गर्न सकेको छैन ।
भारतबाट नेपाल आउने सवारी साधनलाई नेपाल प्रवेश गर्दा अपनाउनुपर्ने प्रक्रिया पूरा नगरुन्जेल उक्त स्थानमा केही समयको लागि होल्ड गर्न दिने तर नेपाली सवारी साधनहरू जुनसुकै होस् त्यसलाई होल्ड गर्न नदिने नीति बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय नेपाली नम्बरका सवारी साधनहरू राख्ने गरिएको छ । यसमा सरकारी सवारी साधन पनि राख्ने गरिएको छ ।
यसरी उक्त स्थानमा सवारी साधन राखेर जोगबनी गई उक्त सवारी साधनमा सामान हालेर नेपाल ल्याउने काम भइरहेको छ । उक्त सवारी साधनमा समान ल्याए पनि ुरक्षामा खटिएको सुरक्षाकर्मीले सामान हेर्ने काम भएको छैन ।
उक्त सवारी साधन प्रयोग गरी लाखौँ मूल्य बराबरको कपडाहरू नेपालतर्फ ल्याइने गरेको छ ।
जोगबनीबाट सामान ल्याउन र राजस्व चुहावट हुनुलाई जिम्मेवार निकायले सामान्य रूपमा हेरेका छन् ।
तर सामान राम्रोसँग नहेर्दा राज्यलाई चुनौती हुने वस्तु नेपाल प्रवेश गर्न नसक्ला भन्न सकिने अवस्था छैन । यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।