विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय पकलीका वाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीले सीमा क्षेत्र (नेपाल-भारत) को अनुगमन गर्ने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ । यही क्रममा वाहिनी पति सुवेदीबाट नेपाल-भारत प्रवेश गर्ने रानी जोगवनी अन्तर्राष्ट्रिय बोडरको समेत निरीक्षण गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय बोडरमा उभ्भिएर वाहिनी पतिले चारैतिर हेर्दा अन्तर्राष्ट्रिय बोडरको मापदण्डअनुसार रहेको पाउनुभएको छैन । उहाँ जहाँ उभ्भिएर बोडरको अनुगमन गर्नुभएको थियो, उहाँकै छेउमा नेपाली नम्बर प्लेट सवारी साधन र भारतीय नम्बरका मोटरसाइकल थिए जुन उक्त स्थानमा हुनुहुँदैन । यसलाई आँखाले देखेपछि तत्काल सुधार गर्नेतर्फ उहाँले निर्देशन दिएको र निर्देशन कार्यान्वयन भएको महसुस कसैले पनि गर्न सकेनन् ।
उक्त क्षेत्र संवेदनशील क्षेत्र हो । भारतीय नम्बरका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा नकाटुन्जेलसम्म राख्ने हो, सुविधा प्राप्त गरेपछि नेपालतर्फ प्रवेश गर्ने हो तर सो बाहेकको सवारी साधनलाई राख्न दिनुहुँदैन तर यसतर्फ सुरक्षार्थ खटिएको टोलीको ध्यान नगए पनि यसलाई के गर्न सकिन्छ भन्नेतर्फ वाहिनी पतिको निर्देशन, मार्गदर्शन प्राप्त हुने विश्वास सबैले गरेका छन् ।
वाहिनी पतिले अनुगमन गरिरहँदा इनरुवा नगरपालिकाको सवारी साधन को१झ५६४ नेपाली नम्बरको सवारी साधन राख्न नपाइने स्थानमा राखिएको थियो । इनरुवा नगरपालिकाका उपमेयर विनीताकुमारी महतलाई लिन आएको कुरा उक्त सवारी साधनका चालकले बताएका थिए ।
उपमेयरको माइती भारत भएको हुँदा माइत जानुभएको र उहाँ नेपालतर्फ आउने हुँदा उहाँलाई लिन आएको कुरा चालकले बताए । सवारी साधनको दुरुपयोग भएको छ भने सवारीसाधन राख्न नपाइने स्थानमा राखिएको हुँदा यसतर्फ ध्यान जान सकेको छैन ।
सशस्त्र प्रहरी बल नेपाल १ वराह वाहिनी मुख्यालय पकली सुनसरीका वाहिनी पतिले आफ्नै आँखाको अगाडि अन्तर्राष्ट्रिय बोडरको अवस्था कस्तो रहेछ भनेर देख्नुभएको हुँदा यसलाई अन्तर्राष्ट्रिय बोडरको रूपमा स्थापित गर्ने वाहिनी पतिको ध्यान दिने विश्वास सबैले गरेका छन् ।