विराटनगर । नेपाल-भारत जोगबनी अन्तर्राष्ट्रिय नाका मानिने गरेको छ ।
यो नाकाबाट दैनिक २ हजारभन्दा बढी नेपालीहरू जोगबनी गएर सामान ल्याउने गरेका छन् । उक्त नेपालीहरूमध्ये केहीले व्यापारिक प्रयोजनको लागि सामान समेत ल्याउने गरेका छन् ।
उक्त नाकाबाट खाद्यान्न सामानदेखि कपडासमेत ल्याउने गरिएको छ । उक्त क्षेत्रमा खटिनुहुने APF टोलीले सामान ल्याउनेलाई रोकेर भन्सार कटाउनेतर्फ सहजीकरण गर्नुपर्नेमा सहजीकरण गर्ने गरेको पाइएको छैन ।
भन्सार कार्यालयले उक्त क्षेत्रबाट सामान ल्याउँदा १०० रुपैयाँभन्दा बढीको सामान ल्याउन पाइँदैन, घरायसी ल्याउन पाइँदैन, ल्याएमा कर तिर्नुपर्छ तर व्यापारिक प्रयोजनको सामान ल्याउनेले नयाँ भन्सार कार्यालय आइसीपीबाट ल्याउनुपर्छ भनेर प्रचार गरे पनि सामान्य व्यापारीले उक्त बाटो अपनाउन सकेका छैनन् ।
यसतर्फ भन्सार कार्यालयले ध्यान नदिँदा करोडौँ मूल्य बराबरको सामानहरू मूल बाटो, अन्य सहायक बाटोबाट ेपाल भित्रिरहेको छ ।
जोगबनी रानीतर्फको नेपालको यात्रु शाखाबाट ज्येष्ठ महिनामा कपडा, आलु, प्याज, अन्य सामान्य सामानबाट र लाख ८० हजार राजस्व असुल गरेको छ ।
ज्येष्ठ महिनामा भारतीय सवारी साधनबाट ४२ लाखभन्दा बढीको राजस्व असुल भएको छ ।
बेला बखतमा सशस्त्र प्रहरी बल नेपाल रानीले सामान पक्राउ गर्ने गरे पनि पछि उक्त सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको थियो । यो कार्यले अहिले पनि निरन्तरता पाएको छ ।
ज्येष्ठ महिनामा मायागञ्ज छोटी भन्सार कार्यालयले ४ लाख बराबरको राजस्व उठाएको छ । उक्त नाकाबाट आलु, प्याज, चिनी, भुजा बनाउने चामल आदि आउने गर्दछ उक्त नाका रानी जोगबनीभन्दा निकै गुणा सानो छ र जनशक्ति कम छ । APF टोलीको सानो समूह छ उक्त टोलीले काम गरिरहेका छन् तर रानी विराटनगर नाका ठुलो, APF को टोली निकै छ । आउने बाटो धेरै भए पनि चारैतिर तैनाथ रहेको पाइएको छ । तर पनि राजस्व कम किन उठ्यो यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
ज्येष्ठ २९ गते सशस्त्र प्रहरी बल रानी विराटनगरको टोलीले मटेरुवा नाकाबाट आफ्नो गाडीमा LG फ्रिजलाई हालेर ल्याएपछि उक्त फ्रिज नियन्त्रणमा लिएको अनुमान सबैले गरेका थिए ।
उक्त फ्रिज विराटनगर भन्सार कार्यालयमा बुझाएको छ छैन भनेर सर्वत्र चासोको विषय बनेको थियो । यसरी APF ले ल्याएको उक्त फ्रिज कहाँ छ भन्सार दाखिला भयो भनेर नयाँ कमान्ड समाल्नु हुने सशस्त्र प्रहरी बल रानीको स.प्र.नाउ. विष्टसँग जिज्ञासा राख्दा आफूले ज्येष्ठ ३२ गते जिम्मेवारी लिएको हुँदा उक्त सामान भन्सार दाखिला भयो होला आफूलाई थाहा छैन भन्सार कार्यालयमा बुझ्न सुझाव दिनुभयो ।
यस विषयमा विराटनगर भन्सार कार्यालयको मुद्दा शाखामा बुझ्दा भन्सार कार्यालयमा फ्रिज दाखिला नभएको बताउनुभयो ।
APF ले आफ्नो गाडीमा हालेको फ्रिज कार्यालय प्रयोजनको लागि हो वा अरू कसैको लागि हो यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।