विराटनगर । सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालय काठमाडौँले राजनीतिक दबाबलाई सामना गर्न नसक्दा पूर्वमा आफ्नै मातहतभित्र ठुलो अन्यौलता छाएको छ ।

सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालयले राजस्व छली गर्नेलाई प्रोत्साहन दिएको, लक्ष्य अनुसार काम गर्न नसकेको, विगतको भन्दा निकै कम कार्य सम्पादन भएको अनुमान लगाउँदै सशस्त्र प्रहरी बल टङ्कीसिनवारी मोरङका सशस्त्र प्रहरी उपरीक्षक विश्व खड्कालाई मुख्यालयमा झिकाएको थियो ।

निजलाई मुख्यालयमा आउनु भनेर जानकारी गराएपछि काठमाडौँ जानु अगाडि अन्तर्राष्ट्रिय बोडर विराटनगर-जोगबनी क्षेत्रमा आई यहाँ कार्यरत सुरक्षाकर्मी लगायत उहाँका शुभचिन्तकहरूलाई म काठमाडौँ जाँदै छु मलाई काठमाडौँ बोलाइएको छ भनेर जानकारी गराउँदै काठमाडौँ जानुभएको थियो ।

उहाँ काठमाडौँ गएपछि विगत केही समयदेखि कारोबार गर्दै आउनुभएका व्यक्तिहरूो काम ० प्रतिशत कम भएको थियो । सात दिन मुख्यालयमा बस्नुभएका SP खड्कालाई पुनः उहाँले समाल्दै आउनुभएको स्थानमा फिर्ता पठाउने भएको छ ।

उहाँसँग सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालयले के के विषयमा सोधपुछ गरेको छ ? उहाँलाई के निर्देशन दिएर पठाउने भएको छ ? यस विषयमा वास्तविक कुरा बाहिर आउन नसके पनि उहाँको अबको कार्यशैलीले बताउने बताइन्छ ।

उहाँको मातहतमा रहेको सशस्त्र प्रहरीको युनिटले विराटनगर भन्सार कार्यालयका प्रमुख एवम् अन्य कर्मचारीको निर्देशनलाई पालना गरेको पाइँदैन । भन्सार कार्यालयका कर्मचारीले दिएको सल्लाहलाई पालन गर्ने, अन्तर्राष्ट्रिय नाका जोगबनी विराटनगर क्षेत्रबाट भइरहेको राजस्व छली सम्बन्धी कार्यलाई नियन्त्रण गर्न भन्सार प्रशासनले दिएको सुझावलाई बेवास्ता गर्ने काम उहाँ लगायत उहाँको मातहतको युनिटले मानेका थिएनन् ।

यही भन्सार क्षेत्रबाट हुने राजस्व चुहावट कम गर्न भन्सार प्रशासन नै सडकमा आउनु परेको थियो ।

सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालयले सशस्त्र प्रहरी उपरीक्षक खड्कालाई पुनः सोही स्थानमा पठाएको छ । उहाँबाट भन्सार प्रशासनसँग गर्नुपर्ने सहकार्य कतिको गर्नुहुने छ सो आउँदा दिनले बताउने छ ।

SP खड्काले मुख्यालयका उच्च अधिकारीलाई कसरी विश्वस्त पार्नुभएको छ, आउँदा दिनमा थाहा हुनेछ । बिचमा केही अन्योल नभएमा SP खड्का आउने सम्भावना रहेको छ । उहाँलाई दिएको मौकालाई के गर्नुहुन्छ हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया