विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट एक आरोपी फरार भएका छन् ।

मादक पदार्थ सेवन गरी होहल्ला गरेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा बुझाएका एक व्यक्ति कार्यालय हाताबाटै फरार भएपछि प्रहरीमा निकै भाग दौड मच्चिएको थियो ।

ती व्यक्ति आइतबार भागेका हुन् । यसरी भाग्ने व्यक्तिविरुद्ध कुनै मुद्दा दर्ता नभएको हुँदा आरोपित व्यक्ति फरार रहेको कुरालाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षकले अस्वीकार गर्नुभएको छ ।

मादक पदार्थ सेवन गरी होहल्ला गरेको हुँदा पक्राउ गरी ल्याइएको हो । निजलाई २४ घण्टापछि छोड्नु पर्दथ्यो तर अगाडि नै भागेको कुरालाई प्रहरी निरीक्षकले स्वीकार गर्नुभयो ।

मादक पदार्थ सेवन गरी होहल्ला गरेर ल्याइएको व्यक्तिको बारेमा निजका आफन्तले मेरो मानिस खोइ भनेर खोजी गर्न आएमा यसले थप अन्यौलता उत्पन्न गर्ने भएको हुँदा यसतर्फ इलाका प्रहरी कार्यालय रानी चनाखो हुनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया