- राजेशकुमार राजवंशी

विराटनगर । पत्रकारिता क्षेत्रलाई तालिमका माध्यमबाट अझ सशक्त सबल, निष्पक्ष, स्तरीय र आचारशील बनाउने प्रयत्नमा नेपाल प्रेस इन्स्टिच्युट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर विगत ३७ वर्षदेखि निरन्तर लागिपरेको छ। डेनमार्कको डेनिस स्कुल अफ जर्नालिजमद्वारा प्रशिक्षित प्रशिक्षकहरूको दक्षता तथा नेपाल प्रेस इन्स्टिच्युटको गुणस्तरीयताको कडा मापदण्डहरूले यस संस्थाबाट प्रदान गरिने तालिमहरूलाई प्रभावकारी बनाउन सहयोग पुऱ्याएको छ। यस क्षेत्रका प्रायः सबै स्थापित पत्रकारहरूले यस संस्थाबाट विभिन्न तालिम प्राप्त गरेका छन् । कतिपयले तालिमपश्चात् आफ्नो सीपको विकास गरी काठमाडौँस्थित प्रकाशन/प्रसारण गृहहरूमा पनि स्थान बनाउन सफल भएका छन् । रिपोटिंङ र सम्पदन सम्न्धमा खासै जानकारी नभएका व्यक्तिहरूले पनि तालिमपश्चात् पत्रकारिताको ज्ञान प्राप्त गरी सफल रिपोर्टर, सफल सम्पादक भएका थुप्रै उदाहरण हामीसामु छन् । पत्रकारिता प्रशिक्षण क्षेत्रमा नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस इन्स्टिच्युटको प्रादेशिक विभाग, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले पत्रकारिता क्षेत्रका लागि युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले दूर शिक्षा विधिको प्रयोग गर्दै २०८१श्रावण १ गतेदेखि १० महिने पत्रकारिता तालिम सञ्चालन गर्दै छ। इच्छुक २ वा सो सरह उत्तीर्ण व्यक्तिहरूले सम्पर्क राख्न सुरु पनि गरेका छन् । संस्थाको ४०औँ समूहका रूपमा तालिम हासिल गर्ने व्यक्तिहरू पनि विगतमा जस्तै नेपाली पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन सक्षम हुने विश्वास लिइएको छ । नेपाल प्रेस इन्ष्टिच्यूटबाट प्रशिक्षित व्यक्तिहरू व्यावसायिक पत्रकारका अतिरिक्त सरकारी कार्यालयका प्रवक्ता र सूचना अधिकारी पनि भएका विगतका दृष्टान्त यस पटक पनि दोहोरिने विश्वास गरिन्छ । नेपाल प्रेस इन्स्टिच्युट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर संयोजक वीरेन्द्र शर्माले बताउनु भयो ।

हप्ताको पाँच दिन, प्रत्येक दिन दुई घण्टा अनुभवी प्रशिक्षकहरूद्वारा कक्षा सञ्चालन, प्रशिक्षण नेपाली १२ कक्षा उत्तीर्ण भौगोलिक रूपमा जहाँ सुकै रहेका व्यक्तिले तालिम लिन सक्ने । प्रत्यक्ष प्रयोगात्मक अभ्यास र अन्तिम परीक्षाका लागि काठमाडौँ, विराटनगर र नेपालगन्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र परिचालित ।

युट्युब लगायतका नयाँ मिडियाको प्रयोग गरी पत्रकारिता गर्न चाहने तर तालिमको अवसर नपाएका शिकार हुन । नेपाल प्रेस इन्स्टिच्युटले मङ्गलवारदेखि ४० औँ समूहको १० महिने पत्रकारिता तालिमको सुरुआत गरेको छ । तालिममा विभिन्न जिल्लाबाट १० महिला र १६ पुरुष गरी २६ प्रशिक्षार्थी सहभागी छन् । तालिममा ६ महिना डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुने र चार महिना प्रयोगात्मक अभ्यासमा सहभागी गराइने तालिमका संयोजक कपिल काफ्लेले जानकारी दिए । डिजिटल कक्षा हप्ताको पाँच दिन बिहान बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।तालिममा आधारभूत पत्रकारिता, समाचार रिपोर्टिङ तथा लेखन, डिजिटल मिडिया, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, फिचर लेखन सम्बन्धी ज्ञान दिइने संयोजक काफ्लेले बताए । चार महिने प्रयोगात्मक अभ्यासका लागि इन्ष्टिच्यूटले सहभागीलाई प्रतिष्ठित सञ्चार गृहमा लगाउने व्यवस्था छ । तालिम दूर शिक्षा प्रणालीबाट भए पनि अन्तिम परीक्षा प्रत्यक्ष भौतिक उपस्थितिमा हातैले लेखेर दिनुपर्ने व्यवस्था छ ।तालिममा सहभागीमध्ये सात जना नेपाल प्रहरी र दुई मानवअधिकारकर्मी पनि छन् । यसै गरी नेपाली सेना र सशस्त्र प्रहरीजस्ता सुरक्षा निकायबाट खटिएका सहभागी पनि तालिम लिइरहेका छन् । सहभागीमध्ये केही पत्रकारितामा औपचारिक शिक्षा हासिल गरिसकेका र पत्रकारिता गरिरहेका व्यक्ति पनि रहेको परिचय कार्यक्रममा खुलेको छ । १२ कक्षा उत्तीर्ण व्यक्तिले तालिम लिन सक्ने यस कार्यक्रममा स्नातकोत्तर उत्तीर्ण सहभागी पनि छन् । भौतिक रूपमा तालिमका लागि राजधानी आउन नसक्ने सहभागीलाई अनलाइन माध्यमले अवसर जुराएको भन्दै सहभागीहरूले प्रसन्नता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया