विराटनगर । उच्च अदालत विराटनगर‌मा कानू‌नी उपचारको लागी पिडित वनेर न्यायालयमा जानेको संख्याम वृद्धि भएको छ।

उच्च अदालत विराटनगरमाआर्थिक वर्ष २०८०/२०८१ मा मात्र ४८९३ जनाले मुद्धा दर्ता गराएका थिए भने आर्थिक वर्ष २०७९/२०८० मा मुद्दा फर्छयोट नभई जिम्मेवारी सरेको मुद्दा संख्या २५४४ जम्मा ७४३७ रहेको थियो। यसरी दर्ता भएको जम्मा मुद्दा मध्ये ३२५४ मुद्दा फर्छयोट भएको कुरा उच्च अदालत विराटनगरले बताएको छ। उच्च अदालत विराटनगरमा दरबन्दी अनुसारको जनशक्ति नभएको आधिकांश समय ४ बटा मात्र इजलास सञ्चालनमा रहेको हुदा न्याय सम्पन्न तर्फ समस्या आउने गरेकाे छ।

उच्च अदालत विराटनगरबाट फैसला भएका मुद्दाको पूर्ण पाठ आउन समेत जनशक्तिको अभावमा समय लाग्ने गरेको छ। उच्च अदालत विराटनगरले दुई पक्षलाई सकभर मेल मिलाप गराउने उद्देश्यले मेल मिलाप तर्फ जोड दिएपनी मेलमिलाप तर्फ कुनैपनि पिडितको ध्यान जान सकेको छैन भने मेलमिलापलाई स्विकार गर्न सकेका छैनन ।

उच्च अदालत विराटनगरका मा. न्ययाधिशहरूले मेल मिलाप तर्फ दुवैपक्षलाई पठाए पनि दुवै पक्षले मेल मिलापलाई आत्मसात गर्न सकेका छैनन्। उच्च अदालत विराटनगरमा दर्ता भएको मुद्दा भन्ने आर्थिक वर्ष २०८० /२०८१ मा ७६६ वटा मुद्दा मेल-मिलाप तर्फ गएकोमा ६२५ वटा मुद्दाका वादी प्रतिवादीहरु मध्ये पक्षले मेल मिलाप गर्न चाहेका थिएनन्।

उक्त वर्षमा ९४ वटा मात्र मेलमिलापबाट दुवै पक्षले मानेका थिए। यसलाई हेर्दा अदालतमा पुगेर पछि मेल मिलाप तर्फ पनि त्यसलाई स्वीकर गर्दैनन। यस तर्फ सम्बन्धित निकाय र सबैको ध्यान जानु जरुरी छ।

तपाईको प्रतिक्रिया