श्री ५ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह सरकारको ९७औँ शुभ जन्मोत्सवको पावन अवसरमा आज मिति २०८१ साल भदौ ४ गते मङ्गलवारका दिन विराटनगर वडा नं ९ स्थित श्री रामजानकी मन्दिरमा विशेष पूजा अर्चनाका साथ नेपाल विद्वत् परिषद् मोरङले भव्य रूपले शुभ जन्मोत्सव समारोह सम्पन्न गरेको छ ।
मौसुफ सरकारको सुस्वास्थ्य, दीर्घ जीवन, सुयश, सुकीर्तिको लागि मङ्गलमय शुभकामना व्यक्त गर्दै मनाइएको उक्त शुभ जन्मोत्सव समारोह नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष / एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका सल्लाहकार सम्माननीय श्री जितबहादुर अर्जेल, तत्कालीन उपप्रधानमन्त्री / गृहमन्त्री / नेपाल सद्भावना मञ्चका राष्ट्रिय अध्यक्ष माननीय श्री बद्री प्रसाद मण्डल, ेपाल विद्वत् परिषद्का केन्द्रीय पाध्यक्ष / पूर्वाञ्चल संयोजक / एकीकृत राष्ट्रिय सङ्घर्ष समिति २०८० मोरङ का अध्यक्ष श्री वल्लभप्रसाद दाहालसमेतको समुपस्थिती एवम् प्रमुख आतिथ्य / विशिष्ट आतिथ्यमा नेपाल विद्वत् परिषद् मोरङका जिल्ला अध्यक्ष श्री पुष्पराज दाहालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भयो ।
उक्त समारोहका अन्य अतिथिहरू – एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका वरिष्ठ उपाध्यक्ष श्री दिनेश राउत, उपाध्यक्ष श्रीमती रमा प्रसाईँ, सदस्यहरू क्रमशः श्री नगेन्द्रकुमार माझी, श्री कालूराम चौधरी, महमुद (मेहमुद) अन्सारी, श्री अबु गुरुङ, लक्ष्मण पोद्दार, गणेश मोदी, ध्रुव भगत, कटहरी गाउँ कमिटीका अध्यक्ष श्री कपिल पोखरेल, ऐ का उपाध्यक्ष श्री राम आशिष् कामत, अखण्ड नेपालका प्रतिनिधि श्री स्वयम्भूनाथ कार्की, हिडपाली समाजका अध्यक्ष श्री श्याम अधिकारी, राष्ट्रवादी नेताहरू क्रमशः श्री श्याम कार्की, सुरेश मिश्रा, अशोक कुमार यादव, सीता प्रसाईँ, पुष्प नारायण प्रधान, टीका सिटौला, नरेन्द्र रेग्मी, मैयाँ बस्नेत लगायत धेरै राजावादीहरूको उपस्थिति थियो ।