विराटनगर । युरोपियन युनियनमा आबद्ध मुलुकहरू सङ्गठित भई नेपालमाथि आफ्नो वर्चस्व कायम गर्दै आएका छन् ।
नेपालमा मानवअधिकार नाममा, महिलामाथि हुने जातीय विभेद विरुद्धको अभियानको नाम दिँदै विभिन्न गैरसरकारी सङ्घसंस्था गठन गर्दै नेपालमा जातीय द्वन्द्व फैलाउन सफल युरोपियन युनियनले पछिल्लो समय धर्मको आधार मानी आफ्नो वर्चस्व कायम गर्न खोजिरहेका छन् ।
नेपालमा बहुदलीय व्यवस्था आएपछि नेपालमा गठन भएको नेपाल अन्तर्राष्ट्रिय भावनामृत सङ्घ (स्कोन) ले कृष्णको नाममा धार्मिक व्यापार नेपालमा गर्दै आएको छ ।
हिन्दुहरूले मान्दै आएको भगवान्लाई अगाडि सार्दै धार्मिक तावामा रोटी सेक्ने काम गरिरहेको छ । स्कोन नामक धार्मिक संस्थाले घुमाउरो पारामा क्रश्चियनको प्रचार गर्दै आएको छ ।
उक्त संस्थामा आबद्ध केी व्यक्ति नेपालमा रहे पनि उक्त संस्थामा देखिने अधिकांश अनुहारहरू गैर नेपाली रहेका छन् ।
उक्त संस्थाले भदौ १० गते कृष्ण जन्माष्टमीको दिन विविध कार्यक्रम विराटनगरमा गरेर बेलायतबाट उक्त संस्थाका प्रचारकलाई ल्याएर प्रवचन गराउने विषयमा केन्द्रित रही पत्रकार सम्मेलन आयोजना संस्थाको विराटनगर शाखाले गरेको छ ।
उक्त संस्थाले वितरण गर्ने गीता किताबमा भगवान् कृष्णको पिता जिसस क्राइस्ट भनेर घुमाउरो पारामा उल्लेख गरिएको छ र त्यसलाई आफू अनुकूल व्याख्या गर्ने काम स्कोन विराटनगरका सचिव भानुभक्त जोशीबाट भएको छ ।
गीता कति वटा छ ? कुनै गीतामा भगवान् कृष्णका पिता जिसस क्राइस्ट हुन् भनिएको छ तर फेरि कृष्णको पिता अर्कै भनिन्छ कृष्णको पिता को हुन् भनी जिज्ञासा राख्दा जोशीले कृष्णका पिता वासुदेव हुन् भनेर भन्न सक्नु भएन । यसलाई हेर्दा उक्त संस्था कुन हिसाबले गठन भएको हो यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
जोशीको भनाइ थियो जिसस क्राइस्ट भगवान् हुन् उनले कृष्णको प्रचार गर्दा उनलाई काँटी ठोकेर मारिएको बताउनुभयो ।
नेपालको वृन्दावनमा कृष्णको पिता अर्कै भन्छन् भनेर कृष्णको वास्तविक पिता को हुन् भनेर स्पष्ट पार्न सक्नुभएन ।
क्रिश्चियनहरूले जिसस क्राइस्टलाई इसुको रूपमा मान्दै आएका छन् । गीताको किताबलाई आफू अनुकूल व्याख्या गर्दै कृष्णको पिता जिसस क्राइस्ट हुन् उनी बेलायतमा जन्मेका हुन् भनेर किताबमा व्याख्या गरेमा त्यसलाई हामीले अनौठो मान्नु हुँदैन ।
यसरी हिन्दु धर्मलाई विभाजित गर्दै आफ्ना कार्यकर्ता उत्पादन गर्ने, नेपालमा रहेको धर्मलाई समाप्त पार्ने अभियानमा कतै स्कोन नामक संस्था लागेको त छैन यसतर्फ सबै नेपालीको ध्यान जानु जरुरी छ । स्कोनले गीताको पुस्तकलाई आफू अनुकूल अनुवाद गरी आफैँले प्रकाशन गरेर बजारमा ल्याई बिक्री वितरण गर्दै आएको छ ।