विराटनगर । मोरङमा राजस्व चुहावट नियन्त्रण समिति रहे पनि उक्त समितिको काम औपचारिकतामा सीमित हुने गरेको छ ।

उक्त समिति मोरङका प्रमुख जिल्ला अधिकारी अध्यक्ष, विराटनगर भन्सार कार्यालयका भन्सार प्रमुख सदस्य सचिव, सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारी मोरङका प्रमुख, नेपाल प्रहरी मोरङका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख, राजस्व अनुसन्धान इकाई इटहरीका प्रमुख, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सदस्य रहने व्यवस्था रहेको छ ।

यसरी राजस्व चुहावट नियन्त्रण गर्ने बलियो आधारशिला तयार भए पनि राजस्व चुहावटलाई नियन्त्रण गर्नुभन्दा पनि राजस्व चुहावट संरक्षण गर्नेतर्फ उक्त समिति नै लागेको हुनुपर्ने आशङ्का सर्वत्र गर्न थालिएको छ ।

राजस्व चुहावट नियन्त्रण मोरङका सदस्य सचिव समेत रहनुभएका विराटनगर भन्सार कार्यालयका भन्सार प्रमुखले बैठक बोलाएर राजस्व चुहावट कसरी भइरहेको छ, त्यसतर्फ छलफल गरी काम अगाडि बढाउनुपर्नेमा उक्त कार्य हुन सकेको छैन । यसलाई हेर्दा राजस्व चुहावट गर्ने तर्फ उक्त समितिकै जिम्मेवार व्यक्तिले खाका तयार गरी बिचौलियालाई यसरी चुहावट गर्न सकिन्छ भनेर उपलब्ध गराउने गरेको त छैनन् भन्ने आरोप स्थानीय बासिन्दाको रहेको छ ।

राजस्व सङ्कलन होइन राजस्व चुहावट गर्नेतर्फ सरकारका प्रमुख व्यक्ति नै लागेका छन् । विराटनगरको अवस्था हेर्दा राजस्व चुहावट कसरी भइरहेको छ त्यसमा सहजै अनुमान लगाउन सकिन्छ ।

लगभग २ वर्षदेखि विराटनगर भन्सार कार्यालयमा राजस्व बुझाएर काजु, किसमिस, केराउ, हाडे बदाम, पिस्ता, पापड, डेरी मिल्क चकलेट, सर्फ विराटनगर आएको छैन ।

१० वर्षदेखि सुटिङसटिङका कपडाहरू पनि भन्सार तिरेर आएको छैन । यस विषयमा राजस्व चुहावट नियन्त्रण समिति मोरङ जानकार छ तर पनि राजस्व चुहावटमा कमी आएको छैन । राजस्व चुहावट भइरहेको छ ।

भन्सार बिन्दुबाट पामआयल, कुडपामआयल पामोलिन, आयातित तोरी पनि पछिल्लो समय आइरहेको छ ।

भन्सार बिन्दुबाट उद्योग आफैँले र टेडिङ मार्फत सामान मगाउँदा १ वर्षमा बढीमा २ पटक मगाउने गरेका छन् । त्यस बेला उनीहरूले मगाउँदा जुन मूल्य पर्दथ्यो सोही मूल्य अनुसार यहाँ MRP प्रयोग गरी बजारमा ल्याउने गर्दथे तर सामान पुन ल्याइएको हुँदैन तर मूल्य बढाइएको हुन्छ यसतर्फ राजस्व चुहावट नियन्त्रण समितिले आँखा चिम्लिने गरेको छ ।

पछिल्लो समय १ लिटर तोरीको तेलको MRP २९०, १ ली. सनफ्लावर तेलको MRP २४६, पिठो ५ केजीको MRP ४७० उल्लेख गरी व्यापारीले बजारमा पठाइरहेका छन् ।

उक्त वस्तु विराटनगरकै भित्री बजारमा तोरी तेल १ लिटरको २५०, सनफ्लावर तेल १ लिटरको २३०, पिठो ५ केजीको ४२० मा बिक्री भइरहेको छ ।

तर प्रमुख बजारमा MRP कै दरमा सामान बेचिरहेका छन् । MRP को अर्थ के हो यसतर्फ राजस्व चुहावट नियन्त्रण समितिलाई आयल नियमसँग बुझेमा ज्ञान प्राप्त गर्न सक्ने देखिएको छ ।

आयल निगमले विराटनगर, धरान, लहान, काठमाडौँ, भैरहवा लगायत अन्य स्थानमा फरक फरक मूल्य पेट्रोलियम पदार्थ बेच्न पाइने भनेको छ ।

तपाईको प्रतिक्रिया