विराटनगर । अवैध तरिकाले सामान ओसार पसार गर्ने समुह वा व्यक्तिले सहज हुने गरी नयाँ बाटो नयाँ तरिका अवलम्बन गर्ने गरेका छन । पछिल्लो समय विराटनगरकै भेडियारी र खोक्सा बाट निर्वाध रुपमा तस्करी गर्ने गरेका छन भने अनुकुल हेरी मुख्य भन्सार नाकाबाट समेत फरक प्रकृतिको सामान समेत ल्याउने गरेका छन । भन्सार विन्दु बाटै जाँचपास भई आएको सामान हरु बेला बेलामा शसस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यलय इटहरी र पुन विराटनगर भन्सार कार्यलयमा रानीमा बुझाउने गरेको पाइन्छ ।
राजश्व अनुसन्धान कार्यलय इटहरीमा बुझाएको सवारी समाधन समेतको पुन चेकजाँच गर्दा कैफियत फेला पारेर थप जरिवाना समेत गर्ने गरेको छ । यसलाई हेर्दा तस्करी कार्य भईरहेको संकेत मिलेको छ ।कहिलेकाही राजश्व अनुसन्धान कार्यलय इटहरीले विराटनगरमा छापा मारेर कागजपत्र कार्यलय मगाई छानविन गर्दा कैफियत फेला पारी थप जरिवाना समेत असुल गर्ने गरेको छ ।
राजश्व अनुसन्धान कार्यलय इटहरी , शसस्त्र प्रहरी वल नेपाल , नेपाल प्रहरी सक्रिय भएपनी तस्करी गर्ने काम निर्वाध रुपमा निरन्तर भइरहेको छ । खुल्ला सिमानाको कारण जनशक्ति अनुसारको सवारी साधन सरकारले उपलब्ध गराउन सकेको छैन । सिमित साधन स्रोतका बावजुत सशस्त्र प्रहरी वल नेपाल , नेपाल प्रहरीले काम गरिरहेका छन । असोज महिनामा मात्र इलाका प्रहरी कार्यलय रानी विराटनगरले २५ लाख बरावरको सामानहरु नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यलयमा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी विराटनगरले असोज महिनामा मात्र ३२ लाख बराको चोरी पैठारी तस्करी गरी ल्याएको सामान भन्सार कार्यलयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल टंकिसिनवारी मोरङ मातहतको सशस्त्र प्रहरी बल नेपाल रानी बाहेक युनिटले ३३ लाख बरावरको सामान विराटनगर भन्सार कार्यलय रानीमा बुझाएको छ । अहिले पनी विराटनगर रानी , पुरानो भन्सार कार्यलय क्षेत्र , चाइना मार्केट , हुलास चोक , दरैया , स्लामपुर , बुधनगर बाट तस्करी गरिएको सामान विराटनगर लागयत कोशी प्रदेशको विभिन्न जिल्लामा पुगी रहेका छन । विराटनगरमा रहेका ट्रान्सपोर्ट हरुले तस्करी गरि ल्याइएको सामानहरु गन्तव्य तर्फ पुयाइरहेका छन । पुर्व तर्फ पाइने काजु , किसमिस , छोकडा , बदाम , पिस्ता जोगबनी नाका मा किनेर विराटनगर ल्याउने कार्य जारी रहेको छ । यसरी तस्करी गरि ल्याइएको सामानहरु लाई सहजिकरण गर्ने काम केही आफुलाई संचारकर्मी भन्ने हरुले समेत गर्ने गरेका छन । संचारकर्मी ले सहजिकरण गरेको व्याक्तिको भनिएको सामान लाई सुरक्षा कर्मीले समेत सहजरुपमा छोडिदिने गरेका छन् ।