विराटनगर । विराटनगरमा रहेको डायमन्ड नर्सरीले भारतबाट ल्याएको विभिन्न प्रकारको बिरुवाहरू नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी विराटनगरको टोलेले उक्त बिरुवा माथि शङ्का लागि नियन्त्रणमा लिई प्रक्रिया पूरा गरी खाल्डोमा हाली नष्ट गरेको हो ।

बुधवार विराटनगर भन्सार कार्यालयबाट UP 73, AT 4676 को गाडीमा भन्सार जाँच पास भई उक्त गाडीमा राखिएको बिरुवा विराटनगर ल्याइएको थियो ।

१२ प्रकारको उक्त बिरुवा ५१०० थान रहेको र भन्सार मूल्याङ्कनअनुसार राजस्व समेत बुझाएको थियो ।

बिरुवाहरू ल्याउँदा प्लान्ट क्वारेन्टिन कार्यालयले चेक गरिसकेर नेपाल ल्याइएको बिरुवामा पुनः कैफियत भेटेपछि नष्ट गरिएको हो ।

उक्त बिरुवा नष्ट गर्दा डायमन्ड नर्सरीका सञ्चालक, विराटनगर भन्सार कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि एवम् सञ्चारकर्मी समेत उपस्थिति थियो ।

उक्त बिरुवा कम्तीमा एक बिरुवाको ५०० सम्म पर्दछ । २५ लाख बराबरको बिरुवा नष्ट भएको छ । यसलाई हेर्ने हो भने कसको कमजोरी हो यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

डायमन्ड नर्सरीले ल्याउने गरेको विभिन्न जातको बिरुवा माथि शङ्का गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया