विराटनगर । बाह्रै महिना फूलको व्यापार तीव्र गतिमा भइरहेको छ ।

विराटनगरमा मात्र ४० वटाभन्दा बढी फूलको पसलहरू रहेका छन् । विराटनगरमा विभिन्न व्यक्तिको अगाडिपट्टिको कोठा भाडामा लिएर व्यापार गर्दै आएका व्यापारीहरूमध्ये अधिकांशले नेपालको ऐन कानुनलाई धज्जी उडाउँदै आफ्नो व्यापार गर्दै आएका छन् ।

एउटा फूल पसल व्यापारीले वर्षमा ३ करोडभन्दा बढी रकमको कारोबार गर्ने गरेको आङ्कलन गर्न थालिएको छ ।

यो व्यापारीहरूमध्ये अधिकांश गैर नेपाली रहेका छन् । उनीहरूले यहाँ कमाएको पैसा भारततर्फ लाने गरेका छन् ।

भारतबाट नेपालतर्फ ल्याइने फूलमध्ये आधा प्लास्टिकको फूल र आधा सयपत्री, मखमली, गुलाब लगायत अन्य फूल रहेका छन् । प्लास्टिकको फूल ल्याउन प्रतिबन्ध छ । अर्को फूल ल्याउँदा क्वारेन्टिन कार्यालयबाट परीक्षण गराएपछि मात्र भन्सारले जाँच पास गर्ने कुरा भन्सार निकट सूत्रले बताएको छ ।

फूलको तस्करी सुनसरीको अमडुवालगायत अन्य क्षेत्रबाट व्यापक रूपमा भइरहेको छ भने विराटनगरको दरैयाबाट पनि हुने गरेको बताइन्छ ।

फूल ल्याइएको टोकरीभित्र झिलमिले कपडा पनि ल्याइने गरेको पाइएको छ । होइन भने विराटनगरमा प्लास्टिकको र अन्य फूल कसरी आयो यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

विराटनगरमा अनुगमन गर्ने निकाय धेरै छन् तर ती निकायको ध्यान जान सकेको छैन ।

विराटनगरमा अन्यले व्यापार गर्दा विराटनगर महानगरपालिकाले व्यवसाय प्रमाणपत्र लिएको छ छैन ? लिएको भए कुन प्रयोजनको लागि लिएको छ सो विषयमा अनुगमन गर्न सकेको छैन । यसतर्फ महानगरपालिकाको ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया