दुई दलीय राजनीति संयन्त्रको आवश्यकता किन ?
वर्तमान सरकार दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको हो । यो सरकार दुई दल बिचको सहमतिमा बनेको हो । ७ बुँदे सहमतिलाई अगाडि बढाउन संयन्त्र बनाइएको हो ।
७ बुँदे सहमति बनेको हो कि बनाइएको हो ?
प्रजातन्त्रलाई स्थायित्व दिन र उपलब्धिलाई संस्थागत गर्न बनेको हो ।
यहाँ जस्ता नेताहरू आफू सत्तामा हुँदा सबैतिर हरियाली देख्ने, सत्ताबाट बाहिरिएपछि उजाड देख्नुपर्ने कारण के होला ?
यो कुन प्रसङ्गको हो, कोप्रति लक्षित हो मलाई थाहा भएन । कसलाई भन्न खोज्नुभएको हो यो पनि मलाई थाहा भएन । कुनै कुनै नेताहरूको प्रवृत्ति त्यस्तै भए होलान् सबैलाई एकै ठाउँ राखेर हेर्न मिलेन । पत्रकारमा पनि कोही पत्रकार खराब होलान् भन्दैमा सबैलाई हामीले त्यही रूपमा हेर्नु भएन ।
यहाँ गणेशमान सिंहको छोरा, राजाले प्रधानमन्त्रीको अफर गर्दा पनि प्रधानमन्त्री पद लिनु भएन उहाँले गरेको त्यागलाई हेरेर आफूलाई कतिको आत्मग्लानि भएको छ ?
म मन्त्रीको लागि राजनीतिमा आएको होइन । प्रजातन्त्रको लागि राजनीतिमा आएको हो । गणेशमान सिंह, बि.पी. कोइराला, कृष्णप्रसाद कोइराला पनि प्रजातन्त्रको लागि लड्नुभएको हो । इतिहासमा सबैको आ-आफ्नो योगदान छ ।
जनताले महसुस गर्ने गरी के के काम भएको छ ?
२०४६ साल अगाडि हामीले खुला रूपमा बोल्न पाउँदैन थियो । पत्रकारिताको पनि विकास भएको थिएन । प्रजातन्त्र आएपछि पत्रकारिताको विकास भएको छ ।
नेपाली काँग्रेसको आउँदो महाधिवेशनमा यहाँ कुन गुटको हुनुहुन्छ ?
नेपाली काँग्रेस भित्र म कुनै गुटमामा छैन । म कुनै गुटको होइन । म नेपाली काँग्रेसको हो । योबाहेक अरू केही होइन ।