देवानगञ्ज । सुचना प्रविधि तथा संचार जगतको विकासमा फर्को मारेको प्रविधिलाई पच्छ्याउँदै प्रविधि मैत्री गाउँपालिका बनाउन देवानगञ्ज गाउँपालिकाले अर्को थप कदम चालेको छ।

देवानगञ्ज गाउँपालिकाले पालिका तथा सातवटै वडा कार्यालयहरूमा दर्ता चलानी र सबै प्रकारका सिफारिसहरु अनलाइन प्रणालीबाट आइतबार देखि गर्न सुरुवात गरेको छ। अनलाइन प्रणाली मार्फत दिने सेवाहरु शुभारम्भ गरेपछि सेवाग्राहीहरूमा खुसीको सीमा नाघेको छ।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले केही वडाहरूबाट आउदै गरेको गुनासो तथा पारदर्शीता सम्बन्धि कुरालाई पारदर्शी र गुनासो मुक्त बनाउन यो अनलाईन प्रणाली जडान गरेको भन्ने कुरा मेहताले बताउनु भयो।

यसबाट देवानगञ्ज गाउँपालिकाका बासिन्दाले लिने सेवा सहज रुपमा लिन सक्ने कुरा देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले बताउनु भयो। अनलाइन प्रणालीबाट सुरु गरिएको यो व्यवस्थाबाट सेवाग्राहीले सेवा लिन सहज हुने र राजस्व संकलनमा वृद्धि हुने साफीले बताउनुभयो।

गाउँपालिकाको सूचना प्रविधि अधिकृत जनार्दन प्रसाद मेहताले अनलाइन प्रणालीबाट दिने सेवालाई विस्तार गर्दे लैजाने साथै निकट भविष्यमा इ-सिफारिसक प्रणालीलाई बढाउदै अनलाईन प्रणालीबाटै घर बसी बसी सेवाग्राहिले प्राप्त गर्न मिल्लने सिफारिसहरुको आवेदन दिने तथा सिफारिसहरु प्राप्त गर्ने प्राविधिकको विकास गर्दै लैजाने भन्ने मेहताले बताउनु भएको छ।

तपाईको प्रतिक्रिया