विराटनगर । सिद्धी सफारी र ट्याम्पोको व्यापार दिनदिनै बढिरहेको छ ।
पछिल्लो समय यी सवारी साधन किन्ने र भाडामा लगाउनेको सङ्ख्या अत्यधिक मात्रामा बढिरहेको छ ।
विभिन्न फाइनान्स कम्पनी वा यसको सो रुमले केही रकम लिएर किस्ताबन्दीमा उक्त सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।
यी सवारी साधन चलाउनेहरू नेपाली मूलका भन्दा भारतीय मूलका भारतीय नागरिक बढी छन् ।
एउटा मोटरसाइकल किनेर चलाउँदा सवारी चलाक अनुमति पत्र माग गरिन्छ । सवारी साधनको र तेस्रो व्यक्तिको बिमा गराइन्छ । उक्त सवारी साधनले कुनै दुर्घटना गरेमा मानिस अङ्गभङ्ग भएमा केही रकम बिमाले दिने गरेको पाइन्छ ।
तर सिद्धी सफारी र अटोको हकमा सो लागू भएको पाइँदैन । यसले दुर्घटना गराएमा यसको जिम्मेवारी कसले लिने यो विषयले पछिल्लो समय चर्चा पाउन थालेको छ ।
कतिपय यी सवारी साधनको धनी अरू नै हुन्छन् चालकले दुर्घटना गराइ कुनै व्यक्ति दुर्घटनामा परेमा त्यसको उपचार कसले गर्ने, सिद्धी सवारी किस्तामा उपलब्ध गराउने संस्था वा व्यक्तिले यो खोजीको विषय बन्नुपर्छ ।
अरूले ट्राफिक नियम पालना गर्नुपर्ने – यो सवारी साधनले ट्राफिक नियम पालना गर्नुपर्दैन । यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।
मानिस बोक्ने एवम् अन्य सवारीसाधनमध्ये सवारी दुर्घटनामा संलग्न सवारी साधनमध्ये ट्याम्पो १३१, जिपकार ९६, बस ३३, ट्याक्टर १८, टिपर ७, माइक्रो बस ३ वटा रहेका छन् ।
४ महिनामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३७ रहेको छ । जसमा पुरुष ७, महिला ६, बालक १, बालिका १ रहेका छन् ।
सवारी दुर्घटनामा ट्याम्पो १३१ वटा संलग्न भएको छ । यसलाई हेर्दा योबाट भएको हानि-नोक्सानी कति छ यसको व्यवस्थापन कसले गर्यो यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।