विराटनगर। अवैध तरिकाले गलत बाटोबाट सामान ओसारपोसार गर्दै सम्बन्धित व्यक्तिका पुर्‍याउने कामले निरन्तरता पाइरहेका छन्।

व्यापारीलाई दिने साना व्यापारीले सामान पाउन सकेका छैन र जोगमनीका व्यापारीले सामान छैन भन्न थालेका छन् अहिले जोगमनीकै व्यापारीले कपडाहरू ५% बट्टी रकम लिएर विराटनगरमा पुर्‍याउने गरेका छन्। जोगमनीमा दैनिक ५० लाख भन्दा बढीको कारोबार हुने गरेको छ।

विराटनगर भन्सार कार्यालय रानीको यात्रु शाखाले कार्तिकमा विभिन्न सामान बापत कार्तिक महिनामा दुई लाख ५० हजारको राजस्व उठाएको छ जुन नगन्नै रुपमा मानिने गरेको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी र भन्सार कार्यालय लागि परेको छ।

कार्तिक महिनामा मात्र सशस्त्र प्रहरी द्वारा चोरी पठारी सम्बन्धी मुद्दा ३४ वटा मुद्दा विराटनगरमा भन्सार कार्यालयमा दर्ता भएको छ। ३४ वटा मुद्दामा प्रतिवेदन मूल्य १९ लाख १३ हजार रहेको छ भने नेपाल प्रहरीबाट ४२ वटा मुद्दा भान्सार कार्यालयमा दर्ता भएको छ। यसरी दर्ता भएको मुद्दा प्रतिवेदन मूल्य २४ लाख ३९ हजार रहेको छ। साथै विराटनगर भन्सार कार्यालयबाट ७ वटा मुद्दा दर्ता भएको छ।

भन्सार कार्यालयबाट दर्ता भएको मुद्दा को प्रतिवेदन मूल्य ९ लाख ६५ हजार रहेको छ। नेपाली रुपैयाँ जोगवनीमा थन्किएको छ। यसरी थन्किएको रकम हुन्डी मार्फत मानिसलाई बोकाएर नेपाल ल्याउने गरिएको छ। नेपाल ल्याएको उक्त रूपैयाँबाट जोगवनीका व्यापारीले के सामान लान्छन् यो खोजीको विषय बनेको छ।

केही समय देखि सशस्त्र प्रहरीले ठूलो परिमाणको नेपाली रुपैयाँ अवैध बाटोबाट नेपाल भित्र्याउने क्रममा फेला पारेको छ। यसलाई हेर्दा नेपालमा हुन्डीको कारोबार तिव्र गतीमा बढिरहेको पाइएको छ।

तपाईको प्रतिक्रिया