विराटनगर। भारतीय सवारी साधनले नेपालमा आफ्नो सवारी साधनलाई निरन्तरता दिँदै आएको छ।

भारतीय सवारी साधनले नेपाल प्रवेश गरेपछि विराटनगरसम्म प्रवेश गरेर सोही दिन राति ९ बजेसम्म भारत फर्काउँदा भन्सारलाई कुनै राजेश्वर लिनु तिर्नु पर्दैन तर बिराटनगर बाहिर जाने सवारी साधनले प्रत्येक दिनको ६००को दरले भनसारलाई राजेश्वर बुझाउने गरेका छन्। यसरी राजस्व बुझाउने सवारी साधन को संख्या दैनिक १०० को हाराहारीको रहने गरेको छ।

विराटनगरमा मात्र आउने र सोही दिन भारत फर्कने भारतीय सवारी साधनको सङ्ख्या पनि १०० भन्दा बढी हुने गरेको छ। नेपाल आउने चार चक्का सवारी साधन मध्ये ८० प्रतिशत सवारी साधनले नेपालमा भाडामा चलाउने गरेका छन्। भारतीय सवारी साधन प्रयोग गर्ने प्रायः व्यक्ति भारतीय पर्यटक हुँदैनन्। नेपाली हुन्छन। उनीहरुले विवाहमा र पहाडतर्फ जाँदा लाने गरेको पाइएको छ।

नेपाल बसेकाले भारतीय सवारी साधन भाँडामा लिइ कहीँ जानुपरेमा भन्सार दस्तुर बीच बाटोमा तिर्नुपर्ने राजस्व इन्धन आफैंले हाल्नुपर्छ। चालकलाई खुवाउनुपर्छ। अनि सवारी साधन भाडामा लिएर बापत दैनिक २५०० देखि ३००० नगद दिनुपर्छ। यसलाई हेर्दा एक भारतीय सवारी साधनले दैनिक २००० नेपाली रकम भारततर्फ लाने गरेका छन् तर नेपाली सवारी साधन मार पर्ने गरेका छन्।

भारतीय सवारी साधन प्रयोग गर्ने नेपालीले अन्य खर्चलाई ध्यान दिएको पाइँदैन। खाली २५०० देखि ३००० मात्र दिएको देख्ने गरेका छन्। यसलाई हेर्दा भाडामा प्रयोग हुने नेपाली सवारी साधनका अवस्था दैनिय बन्नुका साथै सवारी धनी मार पर्ने गरेका छन्। भारतबाट आउने सवारी साधन नेपाल आउँदा भारतले आफ्नो मुलुकको सवारी साधनमा कति जना चढेका छन् रेकर्ड राख्ने गरेको छ। तर नेपालले भारतीय सवारी साधनबाट कति भारतीय नागरिक नेपाल प्रवेश गरेका छन् सोको तथ्याङ्क राख्ने काम गरेको पाइँदैन।

ट्राफिक प्रहरीको युनिट रानीमा छ उनले कुन सवारी साधन नेपाल प्रवेश गरेको छ सोको रेकर्ड राख्ने मात्र काम गर्ने गरेको छ। भारततर्फ भारतीय सवारी साधन भारततर्फ प्रवेश गर्दा सामान्य चेक गर्ने बाहेक खासै काम गरेको पाइँदैन। भारतीय सवारी साधनबाट नेपाल आउने सवारी साधन मध्ये अधिकांश सवारी साधनमा चालक बाहेक अरु काेही हुँदैन।

नेपालले भारतीय सवारी साधनबाट कार्तिक महिनामा मात्र २५ लाख भन्दा बढी राजस्व उठाएको छ तर उक्त सवारी साधनले राजश्व तिरेभन्दा १० गुणा बढी नेपाली रुपैयाँ लिएर भारत जाने गरेका छन्।

यसलाई हेर्दा भाडामा प्रयोग हुने भारतीय सवारी साधनलाई रोक लगाउनु जरुरी छ।

तपाईको प्रतिक्रिया