देवानगञ्ज । सरकारी नम्बर उल्लेख भएको सवारी साधनलाई बिना रोकटोक जान दिइन्छ। भने मान्यतालाई गलत तरिकाले विश्लेषण गर्दै प्रयोग गर्ने गरेका छन्।

एम्बुलेन्स स्वास्थ्यकर्मीको गाडी विद्यालयको सवारी साधन सरकारी नम्बर उल्लेख भएको सवारीलाई प्रयोग गरी गलत तरिकाले समान तस्करी गर्ने कार्य भइरहेको कुरा बेला बखत आइरहेको थियो । H लेखिएको सवारी साधन विद्यालयको सवारी साधन र एम्बुलेन्सबाट गलत काम भएको कुरा बाहिर आइरहेको समयमा सुनसरी प्रहरीले सरकारी नम्बर अङ्कित सवारी साधनबाट गाँजा बरामद गरेर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिई उक्त सवारी साधनबाट गाँजा बरामद भएपछि कारोबारीले नयाँ बाटो अवलम्बन गरेको प्रमाण जिल्ला प्रहरी कार्यालय सुनसरीले फेला पारेको छ। उक्त नम्बरको सवारी साधन केही कार्यालयमा अध्यावधि रहेको छ। तर नम्बर मात्र प्रयोगकर्ताले प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कुरा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता रामप्रसाद तिम्सिनाले बताउनुभयो।

सवारी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ उक्त नम्बर उल्लेख गरिएको सवारी साधनको वास्तविक धनी को हो? उक्त गाडी कसले खरिद गरेको हो? भन्ने विषयमा यातायात कार्यालयलाई पत्र लेखी सो बारे जानकारी लिने तर कार्यालयले सोचाइ राखेको प्रवक्ता तिम्सिनाले बताउनुभयो। सरकारी नम्बर अङ्कित सवारी साधन सुनसरीमा निकै देखिन्छ सुनसरी जिल्ला तर्फको सडकमा निकै कुद्ने गरेका छन्। यस तर्फ प्रहरीद्वारा निगरानी राख्न पर्ने अवस्थाको सिर्जना भएको छ।

कोशी प्रदेशको राजधानी विराटनगर हो। सुनसरी जिल्लामा कुन कुन कार्यालयको सवारी साधन चालु अवस्थामा छ। त्यसतर्फ प्रहरीले ध्यान दिनुपर्ने भएको छ। कोशी प्रदेश सरकारले सहयोग गरेर सरकारी नम्बर अङ्कित सवारी साधन कुन कार्यालयको हो त्यसमा कार्यालयको नाम उल्लेख गराउने तर्फ आवश्यक पहल गर्नु जरुरी छ। यसलाई नियन्त्रण गर्न सकिएन भने अपराधका घटनाहरू घटिरहने देखिन्छ।

तपाईको प्रतिक्रिया