विराटनगर । आफ्नो वाडमा गई स्वास्थ्य सेवा लिने व्यक्तिको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ ।
विराटनगर महानगर पालिका आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ९ को ४ महिनाको तथ्याङ्क हेर्दा नगरवासीहरू आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुँदै आधारभूत स्वास्थ्य केन्द्रप्रति विश्वास गर्न थालेका छन् ।
विराटनगर महानगरपालिकाको बजारको मुटुमा रहेको वार्डमा रहेका ज्येष्ठ नागरिकदेखि गर्भवती महिलाले समेत वाडमा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन् ।
२०८१ साल श्रावणदेखि कार्तिकसम्म आधारभूत स्वास्थ्य सेवा केन्द्र विराटनगर वडा नं. ९ वडा समिति कार्यालय स्वास्थ्य स्वयम् सेविकाको अथक प्रयासबाट १६० जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।
ज्येष्ठ नागरिकमध्ये ९५ जना महिला र ६५ जना पुरुष रहेका छन् ।
विराटनगर महानगरपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ९ ले ओपिडीतर्फ ४५९ महिला ४३६ पुरुष गरी ८९५ जनालाई सेवा दिएको छ ।
खोप तर्फ ५६ महिला, ५१ पुरुष, बाल स्वास्थ्यतर्फ ५० जना महिला र ५१ जना पुरुष, गर्भवती महिलातर्फ ४६ जना, सुत्केरी महिलातर्फ १२ जनालाई सेवा दिएको छ ।
पोषणतर्फ ६५ जना महिला ५५ जना पुरुष, पिल्स ट्याब्लेट ९५ जना महिला, ३ महिने सुई ४ जना महिला, सुई २६ महिलालाई प्रदान गरेको छ ।
उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ९ ले १ हजार ८ सय ४० जना पुरुषलाई कन्डम उपलब्ध गराएको कुरा आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ९ ले बताएको छ ।
यसलाई हेर्दा वार्डमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रप्रति वडावासीको विश्वास दिन प्रतिदिन बढ्दै गएको छ ।