विराटनगर । अवैध तरिकाले गलत बाटो प्रयोग गरी सामान ओसार पसार गर्ने समूह वा व्यक्तिको गतिविधिलाई कम गर्न मोरङको सुरक्षा अङ्गले सक्रियता देखाउँदै आएको छ ।

मोरङको सुरक्षा निकायको अङ्ग सशस्त्र प्रहरी र नेपाल प्रहरीले गलत बाटोबाट गलत तरिकाले सामान ओसारपसार गरेर सामान राखिएकै स्थानमा छापा मारेर सामानलाई नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाउने काम गरिरहेको छ ।

यसलाई हेर्दा तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीले सामान ओसारपसार गर्ने काममा ७५% नियन्त्रण गरेको छ ।

अहिले पनि २५% सामान ओसारपसार गर्ने काम भइरहेको छ ।

मोरङबाट निर्बाध रूपमा सामान ओसारपसार गर्न नसके पनि कारोबारीले सामान ओसारपसार गर्नेतर्फ स्वरूप परिवर्तन गरेका छन् ।

विराटनगर भन्सार कार्यालयले जोगवनी प्रवेश गर्ने नाकामा राखिएको यात्रु शाखाबाट राजस्व लिने व्यवस्था गरेमा मुल गेटबाट हुने सामान ओसारपसार गर्ने कार्यमा कमी आई राजस्वमा समेत वृद्धि हुने कुरा व्यापारीले समेत बताउने गरेका छन् ।

कपडाको कारोबारीहरूले सोधी ठाउँमा कपडा पोको पार्ने र त्यहाँ जाने कारोबारीमध्ये ८०% कारोबारीले सुनसरीबाट सामान गन्तव्यसम्म पुर्‍याउने गरेका छन् ।

जोगवनी बालुघाटमा सामान किनेर ८०% व्यापारीले जोगबनी रेल्वे लाइन हुँदै तेलियारीको बाटोबाट सुनसरीको अमडुवा फारामसम्म पुर्‍याइ उक्त स्थानबाट इटहरी, दुहबीतर्फ सामान पुर्‍याउने काम भइरहेको छ ।

उक्त स्थानबाट सामान लादा मोटरसाइकलको प्रयोग गर्ने गरिने र मोटरसाइकलबाट जुन बाटो सहज छ त्यही बाटोबाट सामान लगिने कुरा एक कारोबारीले बताएका छन् ।

दुहबी पुर्‍याएपछि मात्र गरेका व्यापारीकहाँ सामान लगिन्छ । यसरी सामान लादा अनलाइन कर्ताको प्रयोग गर्ने गरिएको छ ।

अहिले पछिल्लो समय केही अनलाइन सामान पुर्‍याउने व्यक्तिमार्फत सामान गन्तव्यमा पुर्‍याउने गरिन्छ ।

सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगर गुल्मले अवैध तरिकाले सामान ओसारपसार गर्नेलाई निगरानीमा राख्दै आएपछि मङ्सिर महिनामा मात्र ४३ लाखभन्दा बढीको सामान बरामद गरेको छ ।

यसरी बरामद गरिएको सामानमध्ये नगद रुपैयाँ (नेपाली र भारतीय) सामान ओसारपसार गर्न प्रयोग गरिएको सवारी साधन र कपडा मोटर पार्टका सामान खाद्यान्न आदि रहेको छ ।

यसरी काम गरे पनि कारोबारीले आफ्नो कामलाई अनुकूल हेरी निरन्तरता दिइरहेका छन् । विराटनगर रानी चाइना मार्केट, हुलासचोक दक्षिण गेट भत्केको दिवालबाट सामान नेपालतर्फ भित्रिएको छ । विगतको तुलनामा भन्दा निकै कम रहेको कारोबारीले समेत बताउने गरेका छन् । पेट पाल्न र पार्टीलाई खुसी पार्न आफूले अलिअलि काम गरिरहेका छौँ । यसलाई सुरक्षा निकायको सकारात्मक पक्षको रूपमा लिन थालिएको छ ।

जोगवनीको बालुघाट सामानको प्रमुख केन्द्रको रूपमा रहेको छ ।

तपाईको प्रतिक्रिया