सुनसरी। संघीयताको खारिज प्रजातन्त्र सहितको राज संस्था को स्थापना लगायतको माग राखी राप्रपा कोशी प्रदेश कार्यसमितिले इटहरीमा बृहत विरोध सभाको आयोजना गर्ने भएको छ।

राप्रपाकोशी प्रदेश समिति द्वारा इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलन समितिका अध्यक्ष राम थापाले सो कुरा बताउनु भएको हो । पौष १३ गते हुने उक्त आमसभामा राप्रपा केन्द्रीय समिति अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेल पशुपति शमशेर राणा डाक्टर प्रकाश चन्द लोहिनी ज्ञानेन्द्र शाही लगायतले सम्बौन्धन गर्नुहुने थापाले जानकारी दिनुभयो।

संघीय सरकारले अहिले पनि तीन तहको सरकार मध्ये प्रदेश र स्थानीय तहलाई वैवस्ता गरेको छ विभेदकारी नीति लिएको समेत दमक नगरपालिकाका मेयर समेत रहनुभएका राप्रपाकोशी प्रदेश कार्य समिति का अध्यक्ष राम थापाले बताउनुभयो नगरपालिकाका भित्र बनेको गगन चुम्बी महल को प्रधानमन्त्री केपी शर्मा ओलीले जुन उद्घाटन गर्नुभयो घर नक्सा नबनाईकन गरिएको हुँदा यसलाई कानुनी दायरामा ल्याउने तर्फ दम्बक नगरपालिकाको बैठक के गर्ने सकिन्छ छलफल गरी निर्णय गर्नेछ भन्नुभयो राप्रपा फरक विचारको दल हो।

यसले संघीयता गणतन्त्र धर्म निर्पक्षता लाई स्वीकार गर्दैन भन्नुहुँदै आम मुद्दालाई स्थापित गर्ने र प्रपाको लागि जनसंघर्षको बाटो रोज्ने वा शान्तिपूर्ण बाटो रोज्ने यो राप्रपाको लागि चुनौती बनेको बताउँदै आफ्नो मुद्दा स्थापित गर्न राप्रपाको दुई तिहाई चाहिन्छ। तर हामीले कुन बाटो रोज्ने यसको निर्णय सबै प्रदेश स्तरीय सभा गरे पछि गर्ने कुरा थापाले बताउनुभयो।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो मुद्दा स्थापित गर्ने आन्दोलनको विकल्प छैन । आन्दोलन विकल्प छैन ।आन्दोलनको नेतृव राप्रपाले गर्नुपर्छ सो को नेतृत्व राप्रपाले गरेमा राप्रपा नेपाल उक्त आन्दोलनमा सहयोगी हुन त्यार छ भन्नुभएको छ ।यसमा यहाको भनाइ के छ भन्दा आन्दोलनको विकल्प छैन यस्को लागि कार्यदल बनेको छ । राप्रपा नेपाल सङ्ग वर्ता भाइरहेको छ राम थापा भन्नुभयो।

तपाईको प्रतिक्रिया