विराटनगर । पछिल्लो समय अघोषित रूपमा नेपालमा प्रतिबन्ध सरह मानिएको प्रोटिनको तस्करी निर्बाध रूपमा भइरहेको छ ।

सीमावर्ती क्षेत्र जोगबनी-विराटनगर नाका एवम् सो आसपासको क्षेत्रबाट प्रोटिनको तस्करी भइरहेको कुरा सञ्चारमाध्यममा आएपछि सशस्त्र प्रहरी बल नेपालले केही परिणामको प्रोटिन बरामद गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको थियो ।

पहिलो पटक प्रोटिन समाउँदा प्रोटिन कि हो भन्ने विषयमा विस्तृत जानकारी नभएपछि समान नियन्त्रणमा लिने काम मात्र भएको थियो । यो प्रोटिनको तस्करी २ महिनादेखि भइरहेको कुराले अहिले व्यापकता पाएको छ ।

विराटनगर-जोगबनीबाट प्रोटिन जोबाट बरामद गरिएको थियो उक्त सामान बरामद गरिएको व्यापारीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा ककसले सहयोग गरिरहेका छन् निजको सामान छुटाउन ककसले सिफारिस गर्ने गरेका थिए, निजप्रति पनि निगरानी राख्नु जरुरी छ ।

प्रोटिन बरामद भएपछि एक व्यवसायीले विराटनगर भन्सार बिन्दुबाट प्रक्रिया पुर्‍याइ ४/५ काटुन् प्रोटिन ल्याएका थिए । निजले पौषको तेस्रो सातातिर उक्त सामान ल्याए पनि सुरुमा विराटनगर भन्सार कार्यालयका कर्मचारीले प्रोटिनको विषयमा औषधि व्यवस्था विभागमा प्रोटिन परीक्षण गराउनुपर्छ भनेर जाँच पास गर्न मानेका थिएनन् ।

पछि औषधि व्यवस्था विभागको पत्रबिना नै उक्त प्रोटिन भन्सारबाट जाँच पास भई विराटनगरतर्फ ल्याइएको कुरा निज निकट सूत्रले बताएको छ ।

भन्सार बिन्दुबाट औषधि व्यवस्था विभागको परिपत्र परीक्षण रिपोर्ट, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको परीक्षण रिपोट बिना प्रोटिन कसरी जाँच पास भयो यो विषयले भन्सारभित्र निकै चर्चा चल्न थालेको छ ।

आखिरमा प्रोटिन भनेर तस्करी भएर आइरहेको छ । आखिरमा उक्त प्रोटिन के हो कतै प्रोटिनको सिल प्याक बट्टाभित्र अरू नै लागूपदार्थ त आइरहेको छैन यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया