विराटनगर। खुला सिमानाको कारण मानव स्वास्थ्यलाई हानिकारक मानिएको प्रोटिनको तस्करी निर्वाध रूपमा भइरहेको छ। प्रोटिनको तस्करी हुने गरेको समाचार सम्प्रेषण भएको कारण यसतर्फ मोरङको सुरक्षा निकायले ध्यान दिन थालेको छ।

यसरी ध्यान दिँदै निगरानी राखेपछि प्रोटिनहरू बरामद गर्ने काम सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट भइरहेको छ। पछिल्लो समय जोगवनीदेखि प्रोटिन किनेर मूल नाका दुई नम्बर र ३ नम्बर गेट मोटरवा इस्लामपुर हुलास चोक दरैयाबाट प्रोटिनको तस्करी भइरहेको छ। सशस्त्र प्रहरी बल नेपालले पौषको अन्तिम सातादेखि अहिले भन्सार यात्रु शाखा गेट विराटनगर रानी मटेरुवा इस्लामपुर दरैयाबाट प्रोटिन बरामद गरी रहेको छ।

सशस्त्र प्रहरी बल नेपालले प्रोटिनको पाउडर र नेपाल प्रहरीले क्याप्सुल बरामद गरी रहेको छ प्रोटिनलाई चिकित्सकले समेत औषधिको रुपमा लेख्दैनन् यसरी प्रोटिन बरामद गरेपछि प्रोटिनको तस्करी गराउने गिरोह समूह वा व्यक्तिले प्रोटिन तस्करी गर्न विकल्प खोज्ने सम्भावना बढेको छ। प्रोटिनको तस्करी गर्ने सहज हुने भएको हुँदा जसलाई प्रयोग गर्दा सुरक्षाकर्मीले ध्यान दिँदैनन् तिनलाई प्रयोग गर्ने सम्भावना बढेको हुँदा यसतर्फ सुरक्षा निकायले ध्यान दिनु जरुरी छ।

प्रोटिनहरू विभिन्न फ्लेभरमा तस्करी भएर आइरहेको छ। उक्त प्रोटिन प्रयोग कर्ता दैनिक बढी रहेका छन्। उक्त प्रोटिन खाएपछि मासु र हड्डी अलग भई बढी बढ्ने विश्वासका साथ केही युवाले खाने गरेका छन् दैनिक ४० केजीको हाराहारीमा प्रोटिन आइरहेको अनुमान गर्न थालेको छ। प्रोटिन पाउडर र कैप्सुलमा आउने गरेको छ। समाचार प्रकाशन भएपछि सुरक्षा निकायको ध्यान त्यसतर्फ केन्द्रित हुन गई प्रोटिन धमाधम पक्राउ परिरहेको छ।

यसै हप्ता नेपाल प्रहरीले ठूलो परिणाममा प्रोटिन बरामद गरेको थियो। विराटनगर १५ हडताली हाटबाट टाउकोमा कट्टुमा ल्याइरहेको अवस्थामा प्रहरीले रोक्दा बोक्ने मानिस भागेको थियो। पछि प्रोटिन रहेको कुरा पुष्टि भएको प्रहरी सूत्रले बताएको छ।

तपाईको प्रतिक्रिया