विराटनगर । राजासहितको प्रजातन्त्र, हिन्दु राज्य स्थापना, सङ्घीयताको खारेजीको मुद्दालाई राप्रपा नेपाल बाहेक अरू दलले बोक्न सक्दैन ।

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष वल्लभप्रसाद दाहालले सो कुरा बताउनुभएको छ ।

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले विगतमा आफूले गल्ती गरेको कुरालाई स्वीकार गर्दै त्यसको सजाय नेपाली जनताले दिइसकेका छन् । राप्रपा नेपालको मुद्दा र राप्रपाको मुद्दा एउटै हो । हामीले आफ्नो मुद्दालाई स्थापित गर्न आन्दोलन जरुरी छ, आन्दोलनको नेतृत्व राप्रपाले गरेका उक्त आन्दोलनप्रति राप्रपा नेपाल समावेश हुन तयार छ भन्नुभएको कुरालाई राप्रपाका केन्द्रीय नेताले राप्रपा नेपाललाई कमजोर ठानी राप्रपा नेपालसँग एकता हुँदैन बरु केही कुरामा सहमत भएमा राप्रपालाई काङ्ग्रेस वा कम्युनिस्टमा विलय गराउन सकिने धारणा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनबाट आउनु राप्रपाका निष्ठावान् कार्यकर्ताको लागि दुर्भाग्य बाहेक केही हुन सक्दैन दाहालले भन्नुभयो ।

२०६३ सालमा मुलुक गणतन्त्रमा प्रवेश गर्दा राजाको पक्षमा खुलेर बोल्ने हिम्मत कसैलाई थिएन राजसंस्थाको समर्थन गर्दा भौतिक आक्रमण झेल्नुपर्ने अवस्थाको बिच राजाको पक्षमा बोल्नेको घरमा आक्रमणसमेत भएको कुरालाई अहिले बिर्सनु हुँदैन भन्नुहुँदै असहज अवस्थामा त राजाको पक्षमा वकालत गरिएको कुरालाई स्मरण गर्दै सहज अवस्थामा राप्रपाभित्र विचलन आउनु उपयुक्त होइन दाहालले भन्नुभयो ।
पञ्चायती व्यवस्थामा सक्रिय रही बहुदलीय व्यवस्थामा आ-आफ्नो अनुकूल दल खोली राजनीति गरिरहेका राजावादीको रूपमा चिनिएका व्यक्तिहरूले एकता गरी देशको वैकल्पिक शक्तिको रूपमा उभ्याएको राप्रपाले आफूलाई अघि बढाइरहेको अवस्थामा विगत दुई वर्षमै विचलन आउनु राजतन्त्र पक्षधरको लागि दुर्भाग्य हो दाहालको भनाइ थियो ।

विगतको इतिहास हेर्ने हो भने तत्कालीन राप्रपा गणतन्त्रवादी थियो, राप्रपा नेपाल राजतन्त्रवादी थियो तर राप्रपालाई राजावाद बनाउने काम तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापा हुन् । अहिले राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन हुनुहुन्छ । उहाँले राप्रपालाई गणतन्त्रवादी नै बनाउने गरी दुई ठुला दलमध्ये कुने एक दलमा विलय गराउन खोज्नु भनेको राजनीतिक बेइमानी हो उहाँको भनाइ थियो ।

पशुपति शमशेर राणा, डा. प्रकाशचन्द लोहनी र कमल थापाले नेतृत्व गरेको दलबिच एकता भई भएको महाधिवेशनको मार्ग दिशा सत्ता केन्द्रित थिएन । सिद्धान्त जनता केन्द्रित थियो भन्नुहुँदै राप्रपाले आफ्नो सिद्धान्त, विचारलाई तिलाञ्जली दिएको कुरालाई समेत स्मरण गर्नुपर्ने बताउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा आफूले गल्ती गरेको कुरालाई स्वीकार गरेको हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गल्ती गरेका हुन् । यसलाई स्वीकार गरी पार्टीको सिद्धान्त, नीतिलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया