विराटनगर । श्री ५ ज्ञानेन्द्र शाहबाट ७६औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन भन्नुभयो ।

हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो, यो राष्ट्रमा कुनै सङ्कट नआओस् भन्ने हाम्रो परिकल्पना हो त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यति मात्र होइन हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधालाई परित्याग गरेका हौ- ज्ञानेन्द्र शाहको भनाइ रहेको छ ।

नेपालको उन्नतिको लागि हामीबाट अरू केके त्याग गर्नुपर्नेछ हामी तयार छौँ, अब समय आयो राष्ट्र जोगाउने हो भने राष्ट्र एकता कायम गर्न हामीलाई साथ दिन समेत उहाँले आग्रह गर्नुभयो ।

७६औँ प्रजातन्त्र दिवसको अवसरमा दिइएको शुभकामना सन्देशको पूर्णपाठ-

तपाईको प्रतिक्रिया