विराटनगर । नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनापछि नेपालमा मिसन पत्रकारिताको युग समाप्त भएको छ तर यसलाई निरन्तरता दिइएको हुँदा लोकतन्त्र खतरामा रहेको छ ।
पञ्चायती व्यवस्थामा नभएको विकास गणतन्त्र आएपछि भएको छ । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन सक्रिय भूमिका निर्वाह गर्ने जेल परेका, प्रहरीको कुटाइ खाएका तर अहिले सत्तामा बसेकालाई बदनाम गर्ने काम पछिल्लो समय मिडियाबाट भइरहेको छ । सो हुनु दुःखद कुरा हो जस्ता आशय व्यक्त गर्न अहिले सुरु गरिएको छ ।
राष्ट्रिय समाचार समितिको ६४औँ स्थापना दिवसको अवसरमा कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको उक्त धारणा रहेको छ ।
उहाँले पञ्चायती व्यवस्थामा स्वतन्त्रता थिएन, विकास नभए, हामी जेल गएका थियौँ, बोल्न पाइँदैन थियो भन्नुभयो । हुन तः ठिकै हो पश्चिमा शक्तिको फण्डअनुसार पश्चिमा शक्तिको इसारामा कुनै नेपाल विरोधी गतिविधि गर्न पाइँदैन यसमा शाह वंशीय राजाले राम्रो गरे वा गरेनन् सो समयले बताइरहेको छ ।
शाह वंशीय राजाले नेपाल एकीकरण गरेर ठुलो गल्ती गरे । राजा महेन्द्रले आफ्नो पालामा नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाए, नेपालमा रोजगारीको पर्याप्त सम्भावनाको ढोका खोल्दै धेरै उद्योगहरू खोल्न प्रोत्साहन दिए, सो गर्न दिनु हुँदैन थियो ।
नेपालबाट धान, चामल भारत, बङ्गलादेश निर्यात गरिन्थ्यो सो गल्ती गरेका थिए । पृथ्वीनारायण शाहले साना राज्यलाई एक बनाए त्यसै कारण अहिले नेताले उफ्री-उफ्री राजनीति गरिरहेका छन्, सो गलत गरेका थिए ।
नेपालमा २०४६ साल अगाडि देशको जुन अवस्था थियो सोभन्दा राम्रो अवस्थाको सिर्जना अहिले भएको छ ।
पञ्चायती व्यवस्थाको समयमा प्रत्येक नेपालीको टाउकोमा विदेशी ऋण ९ हजार थियो, अहिले ५० हजार पुगिसकेको छ । यो बहुदलीय व्यवस्थाको उपलब्धि हो ।
२०४६ साल अगाडि जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी बम हानिएकै थियो । राजा वीरेन्द्रलाई लक्षित गरी विराटनगरमा बम प्रहार गरिएकै हो । यो काम नेपाली काङ्ग्रेसले आफ्नै पहलमा गराएको कुरा बताइसकेको थियो ।
सो कुरा त्यस बेला कसैले लेखेनन्, काङ्ग्रेसका नेताले स्वीकार गरेपछि पनि पश्चिमा फण्डमा सञ्चालित व्यक्त एवम् सञ्चारमाध्यमले सुनेनन् ।
नेपालमा २०४६ पछि नाफामा चलेका सरकारको स्वामित्वमा सञ्चालित उद्योग बेचियो । पम्फादेवीको नाममा रहेको सुन ल्याइएकै हो ।
नेपाल नाम नै परिवर्तन गर्न र राष्ट्रिय झन्डा बदल्ने प्रयास भएकै हो । यो सम्पन्न हुन सकेन ।
फलानो मुलुकमा रोजगारीको लागि नेपाली कामदार पठाउने सम्झौता सरकारले गरेको छ भनेर कतिपय समयमा सार्वजनिक गरिएकै हो रोजगारीको नाममा मानव तस्करी गर्न बाटो खोलिएकै हो । योभन्दा अरू धेरै काम गर्ने उद्घोष गरिएकै छ ।
नेपालले चन्द्रमामा भूउपग्रह प्रक्षेपण गरी चन्द्रमा नै कब्जा गर्ने घोषणा गरिएकै हो । घर-घर ग्यास पाइप ल्याउने, रेल सञ्चालन गर्ने घोषणा गरिएकै छ ।
यहाँ पत्रकारिताको आडमा विदेशी फण्डित पत्रकार उत्पादन गरिएकै छ । पहुँच पुग्नेले फाइदा लिएकै छन् । यी कुराहरू किन भनिएको हो मन्त्री भण्डारीले राम्रो कुरा गर्न आग्रह गरेको हुँदा गरिएको हो ।
यसमा पनि गणतन्त्रवादी नेताको टाउको दुखेमा टाउको दुखेको औषधि सिटामोल खानुहोला किन सिटामोल खुवाउन आउने फुर्सद नभएको कारणले हो । यसमा कुन ठिक कुन बेठिक छुट्टाउने काम यहाँहरूकै हातमा छ ।