विराटनगर । विराटनगर भन्सार कार्यालय एकीकृत भन्सार जाँच चौकी विराटनगरको व्यवस्थापनको जिम्मा लिएको ट्रान्स नेपाल नामक संस्था नै राजस्व चुहावट कसरी गर्न सकिन्छ त्यसतर्फ लागि परेको छ ।
ट्रान्स नेपालले ५ वर्षको लागि भन्सार कार्यालय उक्त आईसीपी भित्र बनेको भवनको व्यवस्थापन, मालवाहक सवारी साधनले आफ्ना मालवाहक सवारी साधन राखेमा सो बापतको रकम सामानको परिणाम हेरी रकम लिने गरेको छ ।
उक्त आईसीपी भाडा लिएपछि केही रकम सरकारलाई बुझाउने गर्नुको साथै भन्सार बिन्दुबाट हुने तस्करी कार्य गर्ने व्यापारिक फर्म, प्रतिष्ठानलाई सहयोग गर्ने गरेको कुरा हालै घटेको एक घटनाले पुष्टि गरिसकेको छ ।
विराटनगरको कावरा ग्रुपद्वारा सञ्चालित साबुन उद्योगको लागि भनेर ल्याइएको कच्चा पदार्थ बोकेको BJ14/GH0436 नम्बर दुई वटा मालवाहक सवारी साधनलाई विराटनगर भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
एउटा उक्त नम्बरले मालवाहक सवारी साधनले क्वालिटी केम उद्योग प्रा.लि. कटहरीमा सामान बुझाएर फर्कने क्रममा भन्सार भित्र प्रदेश गरेपछि उक्त सोही नम्बरको सवारी साधन निस्कन लागेपछि भन्सार प्रशासनले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
उक्त सवारी साधनको पछाडिपट्टिको भागमा कुनै नम्बर उल्लेख छैन । यसमा ट्रान्स नेपाल र उद्योगबिच तस्करी गर्ने गरी सहमति भएको हुनुपर्ने आकलन भन्सार कार्यालय निकट सूत्रले बताएको छ ।
दुवै गाडी कावरा ग्रुपद्वारा सञ्चालित उद्योगको लागि चाहिने कच्चा पदार्थ बोकेको गाडी हो । तसर्थ उद्योग सञ्चालक माथि पनि छानबिन हुनुपर्ने तर्क केही व्यापारीले राखेका छन् ।
आईसीपी भित्र कुनै पनि मालवाहक सवारी साधन प्रवेश गर्न जोगबनीबाट भन्सार प्रवेश गर्ने मुख्य नाकामा सवारी साधनको प्रवेश अनुमति कागज ट्रान्स नेपालले दिने गरेको छ । उसले आफ्नो कम्प्युटरमा राख्ने गरेको छ । उक्त प्रवेशको निस्सा दिएपछि मात्र भन्सार कार्यालयले सामान हर्ने, कागज हेर्ने र लिने राजस्व लिई सामान जाँच पास गरी बाहिर निकाल्न सकिन्छ भनेर अनुमति दिने गरेको छ ।
भन्सारबाट बाहिर सामान निकाल्दा ट्रान्स नेपालले जारी गरेको सवारी साधनको कुपन अनिवार्य चाहिन्छ । यहाँ एउटै नम्बरको दुई वटा गाडी कसरी प्रवेश गर्यो । यसमा ट्रान्स नेपालका कर्मचारीले कसरी मिलाए यो खोजीको विषय पनि रहेको छ । यसतर्फ राजस्व चुहावट नियन्त्रण समिति मोरङले ध्यान दिनु जरुरी छ ।
भन्सार कार्यालय विराटनगरको सर्वरमा प्रत्येक हप्ताको दुई दिन समस्या आएको देखाइन्छ । उक्त समस्या सवारी साधन बाहिर निस्कने बेलामा साँझ ५ बजे, ६.३० मा समस्या आउँछ । समस्या आएपछि उक्त मालवाहक सवारी साधन बाहिर निस्कन पाउँदैन । भन्सारमै बस्नुपर्छ सो बसेबापत ट्रान्स नेपालले रकम लिने गरेको छ ।
यसरी समस्या आउँदा १०० भन्दा बढी सवारी साधन बाहिर निस्कन पाउँदैन र भन्सार भित्र होल्ड गरेर राखेपछि ६ सय रुपैयाँ बुझाउनुपर्छ । यसरी योजनाबद्ध तरिकाले सर्वर डाउन गर्ने गरिएको बताइन्छ ।
भन्सार विभाग मातहतको कार्यालयको सर्वर एउटै हुन्छ । यो सर्वर वल्डवाइजको हो यो सर्वर आसी कुडा अन्तर्गत हो । नेपालको अधिकांश भन्सार कार्यालयको व्यवस्थापनको जिम्मा ट्रान्स नेपालले लिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठेक्का लगाएको छ ।
विराटनगर भन्सार कार्यालय आईसीपीको जिम्मा मात्र होइन अन्य भन्सार कार्यालयको व्यवस्थापनको जिम्मा ट्रान्स नेपालले पाएको हुँदा सर्वर डाउन गराउनमा ट्रान्स नेपालले ठुलै लगानी गरेको बताइन्छ ।