काठमाडौं । परशु-कल्पना स्रष्टा सम्मान-२०८१ द्धारा वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटा सम्मानित भएका छन् ।

नेपाल स्रष्टा समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा उक्त सम्मानद्धारा सम्मानित गरिएको हो ।

आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मान अर्पण गरिएको हो ।

साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित समितिले गरेको सम्मान सिफारिस समाजको कार्यसमिति बैठकले स्वीकृत गर्दै सापकोटा र रसिकलाई छनोट गरेको हो ।

कार्यक्रमका वरिष्ठ अतिथि नगेन्द्रराज शर्मा र रोचक घिमिरे, पुरस्कारका संस्थापक मध्येका प्रतिबोध प्रधान, प्रतिमा प्रधान न्यौपाने, प्रतीक्षा प्रधान जोशीलगायतले उक्त सम्मान अर्पण गरे ।

उक्त सम्मान नेपाली साहित्यमा आख्यानलगायत विभिन्न विधामा सशक्त कलम चलाएका वरिष्ठ आख्यानकार स्व.परशु प्रधान र उनकी धर्मपत्नि कल्पना प्रधानको नाममा उनका छोराछोरीहरुले स्थापना गरेका हुन् ।

तपाईको प्रतिक्रिया