विराटनगर ।
खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर ले २०८१÷८२ को दोश्रो चौमासीक अवधिमा नयाँ २५ वटा खाध्य उद्योगको स्थापनाको लागी सिफारिस गरेको छ । खाध्य प्रदार्थमा स्वच्छता कायम गर्नको लागी कार्यालय बाट सो अवधिमा ४३ वटा उद्योगको निरिक्षण २४ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका सुचना अधिकारी प्रवेश पोखरेलले जानकारी दिनुभयो ।
सो अवधिमा ७६.८९ प्रतिशत प्रगती , ६६.१ प्रतिशत वित्तिय प्रगती तथा ८ लाख ९५ हजार राजश्व संकलन भएको कुरा पोखरेलले बताउनुभयो । सो अवधिमा न्युन गुणस्तरको खाध्य उत्पादन गर्ने १ उद्योग विरुद्ध मुद्धा दायर भएको छ । २८ वटा नयाँ खाध्य तथा दाना उद्योग को अनुमती पत्र , १५५ वटा खाध्य तथा दाना उद्योगको अनुमतीपत्र नविकरण गरिएको , ५२ वटा खाध्य तथा दाना उद्योगको स्थापना का लागी सिफारिस भएको पोखरेलले जानकारी दिनुभयो ।
प्रयोगशाला विश्लेषण सेवा तर्फ कोशी प्रदेशको एक मात्र अन्तराष्ट्रिय मान्यता प्राप्त यस कार्यालयको खाद्यय प्रयोगशालामा दोेश्रो चौमासिक अवधिमा ९९४ वटा खाध्य तथा ६ वटा दाना पदार्थको नमुना विश्लेषण कार्य सम्पन्न भएको सुचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।