वर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नुहुन्छ ?

– अहिले राजनीतिक अवस्थालाई हेर्दा जनताले आफ्नो निजी सम्पत्तिलाई सदुपयोग गर्न पाएका छैनन् । अहिलेको राजनीति अवस्था हेर्दा राम्ररी काम हुन सकेको छैन । जनताको समस्यामा सुधार भएको छैन । सामन्ती सोच भएकाको हाली मुहाली छ । हामीले राणा शासन किन फाल्यौँ । प्रजातन्त्र किन फाल्यौँ । पञ्चायती व्यवस्था किन फाल्यौँ । बहुदलीय व्यवस्था किन फाल्यौँ । गणतन्त्र किन ल्यायौँ । यसतर्फ हामीले गहन रूपमा विश्लेषण गर्न आवश्यक आएको छ । फाल्नुको कारण के थियो ? जनताले के पाए ?

शाह वंशीय राजाले देश लुटे, हाम्रो छोरी चेलीमाथि धावा बोलेका थिए भन्ने गरिन्छ अहिले ?

– शाह वंशीय राजा सबै खराब थिएनन् । व्यवस्था नियम खराब थियो । पृथ्वीनारायण शाहले भारतमा ब्रिटिसले आक्रमण गरी राज्य विस्तार गरिरहेको बेला गोरखाका फुच्चे राजा पृथ्वीनारायण शाहले ब्रिटिस साम्राज्यको विरुद्धमा लड्न साना–साना राज्यलाई एकीकरण गरेका हुन् । पृथ्वीनारायण शाहपछि बहादुर शाहले आफ्नो राज्य विस्तार पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म पुर्‍याएका थिए । अहिले हामी जहाँ छौँ । उहाँको योगदान कै उपज हो । जथाभाबी टिप्पणी गर्नु ठिक हुँदैन ।

नेपालका कम्युनिस्ट नेताहरू राजा विरुद्ध बोल्दै छन् नि त क हो ?

– नेपालमा कम्युनिस्ट छैन माओ, लेलिन्, स्टालियनको फोटो मात्र राखेका हुन् ब्यानर र झन्डा कम्युनिस्टको छ, व्यवहारमा कम्युनिस्टको छैन ।

आफूलाई सच्चा कम्युनिस्ट भन्ने गरेका छन् त ?

– मार्क्सको भनाइ छ जनताले मागेको कुरा दिनुपर्छ । जनताले १० वर्ष सशस्त्र विद्रोहमा हतियार मागेका थिएनन् । लगत कुरा गरेर जनतालाई जबरजस्ती हतियार बोकाइएको थियो । जनताले मागेको कुरा दिनुपर्छ तर नमागेको कुरा दिइरहेका छन् । तसर्थ उनीहरू वास्तवमा कम्युनिस्ट होइनन् ।

देश विकास बाधक राजा भनेर महेन्द्रलाई पनि गाली गर्ने गरेका छन् ?

– राजा महेन्द्रलाई गाली म गर्दिनँ । उहाँको कार्यकालमा म धेरै पटक जेल गएँ । तर राजा महेन्द्रले नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउन र नेपाललाई विश्वको मानचित्रमा कोर्ने काम महेन्द्र बाटै भएको छ । भारतले विरोध गरिरहेको थियो । लबिङ गरिरहेको थियो तर राजा महेन्द्रले ठुलो शक्तिशाली राष्ट्रलाई नेपाल स्वतन्त्र राष्ट्र हो भनेर सबुत प्रमाण देखाइ संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाएका हुन् । यसलाई हामीले स्विकार्नुपर्छ । राजा महेन्द्रले पञ्चायती व्यवस्थाप्रति विमति भए पनि म महेन्द्रलाई मान्छु । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव राखेका थिए । विश्वको धेरै मुलुकले समर्थन गरेकोमा भारतले समर्थन गरेन । शाह वंशीय राजाले देशको लागि काम गरेनन् भन्नु बेकार छ ।

राजदरबार घटनालाई कसरी हेर्नुहुन्छ ?

– राजदरबार घटना घट्नुमा देशी विदेशीको हात छ जस्तो मलाई लाग्छ । राजदरबार घटना घटेपछि सरकारले छानबिन किन गरेन ? यसलाई हेर्दा राजदरबार घटना घट्नुमा तत्कालीन सरकार पनि जिम्मेवार छ ।

मदन भण्डारी र जीवराज आश्रित काण्ड दुर्घटना हो कि के हो ?

– उक्त घटना दुर्घटना होइन हत्या हो । राजदरबारले गरेको होइन देशी विदेशीको हात छ ।

तपाईको प्रतिक्रिया