विराटनगर । मुलुकको पछिल्लो घटनाक्रमलाई हेर्दा राप्रपाले उठाएको राजासहितको प्रजातन्त्र, हिन्दुराज्य स्थापना, सङ्घीयता खारेजीको मुद्दाप्रति आम जनताको समर्थन रहेको छ ।

राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालले सो कुरा बताउनुभएको हो ।
नेपालमा गणतन्त्र आएको एक दशक बढी भइसकेको छ, राजतन्त्रको विरुद्धमा नारा लगाउँदै जनतामा भ्रम छर्दै आफू सत्तामा बसे पनि नेपाली जनताको सरोकारको विषयप्रति बेवास्ता गरेकोमा जनताको आक्रोस दैनिक बढिरहेको छ र राजसंस्थाप्रति जनताको झुकाव बढ्दै गएको कुरालाई गणतन्त्रवादीले वेवास्ता गर्न हुँदैन कटुवालले भन्नुभयो ।

चैत १५ गते काठमाडौँमा राजा समर्थन सहित विरोधको आन्दोलनलाई निस्तेज पार्न सरकारबाट घुसपैठ गराई शान्तिपूर्ण आन्दोलनलाई अशान्तिपूर्ण बनाएको आरोप उहाँले लगाउनुभयो ।
काठमाडौँको तीनकुनेमा भएको आन्दोलन पक्षको मञ्चमा सरकारी पक्षबाटै अश्रु ग्यास प्रहार गरेको कारण केही आन्दोलन पक्षमा भागदौड मच्चिएको कुराको फाइदा सरकारी पक्षबाट लिई अन्य विनासको कार्य गरेको दाबी कटुवालले गर्नुभयो ।
उक्त आन्दोलनकै क्रममा आन्दोलन स्थलबाट होइन अस्पतालमा घाइतेको अवस्था बुझ्न अस्पताल गई फर्कने क्रममा बाटोबाटै राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री धवल शमशेर राणालाई नियन्त्रणमा लिनुभनेको राजनीतिक बेइमानी हो भन्नुहुँदै निजहरू लगायत अन्य पक्राउ परेकालाई विना सर्त रिहाई गर्न माग गर्दै राप्रपाले आफ्नो मुद्दालाई स्थापित गर्न चरणबद्ध आन्दोलन गर्ने कुरा माथि जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया