विराटनगर । विराटनगर भन्सार कार्यालय (आई.सि.पी.) बाट आयातभन्दा निर्यातको परिणाम निकै कम देखिएको छ ।

आर्थिक वर्ष १०८१/०८२ मा श्रावणदेखि पौषसम्मको प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरबाट प्राप्त पत्रको आधारमा १७ वटा वस्तु भारत एवम् तेस्रो मुलुकतर्फ निर्यात भएको छ ।

सोही अवधिमा ७० भन्दा बढी वस्तुहरू प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरको पत्रका आधारमा आयात भएको कुरा विराटनगर भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले बताएको छ ।

प्लाइवुड २३९०४ मेट्रिक टन, तोरी पिना ५६२२ मेट्रिक टन, बन्दा ९२१ मेट्रिक टन, झाडु ९८६ मेट्रिक टन, कत्था ३५४ मेट्रिक टन सामान नेपालतर्फबाट निर्यात भएको छ ।

यसरी नै तेजपात १४३२ मेट्रिक टन, चिया १२५ मेट्रिक टन, रुद्राक्ष ३७६ मेट्रिक टन, राइस व्रान ८९९ मेट्रिक टन, चिउरा २३ मेट्रिक टन, आँप सुकुटी ६३ मेट्रिक टन र सिएनएस तेल ३५९ मेट्रिक टन निर्यात भएको छ । मुख्य भन्सार कार्यालय बिन्दुबाट बताइन्छ ।

२०८१ श्रावणदेखि पौषसम्ममा धान १३०८३ मेट्रिक टन, मकै २८९०७ मेट्रिक टन, चामल ७१५९ मेट्रिक टन, कोदो ८८८ मेट्रिक टन, तोरी ६०६७ मेट्रिक टन, मेथी ९२ मेट्रिक टन आयात भएको छ ।

यसरी नै जिरा २०१ मेट्रिक टन, मरीच ३२ मेट्रिक टन, इमली १४० मेट्रिक टन, पपकन १५४४ मेट्रिक टन, तिल ९१ मेट्रिक टन, चामल कनिका ५६८ मेट्रिक टन, धनियाँ ४९० मेट्रिक टन, सोफ २ मेट्रिक टन, कच्चा काजु ५४ मेट्रिक टन, अङ्गुर १५ मेट्रिक टन आयात भएको छ मुख्य भन्सार नाकाबाट बताइन्छ ।

मुख्य भन्सार नाकाबाट आयात हुनेमा मकै बीउ, मुमफली, पिना, सुपारी, टमाटर, आलु, प्याज, स्याउ, चना, रहर दाल, मुसुरो लगायत रहेका छन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरको पत्रका आधारमा मुख्य भन्सार नाकाबाट जति सामान आयात भएका छन् । उक्त सामानमध्ये काजु, जिरा, मरीच, चामल, तिल, चना, धनियाँ आदि सामानहरू तस्करी भएर विराटनगरतर्फ आइरहेको छ ।

यसरी तस्करी भएर आउने उक्त सामान ठुलो परिणामको रहने गरेको छ ।

यसरी उक्त सामानहरू दरैया, हुलास चोक, मुख्य जोगबनी नाका, स्लामापुर, मटेरुवाबाट आइरहेको छ । यसतर्फ नियमनकारी निकायले अहिलेसम्म ध्यान दिएको छैन ।

तपाईको प्रतिक्रिया