विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका भित्र जग्गा खरिद गरी भवन बनाउने व्यक्तिलाई घुमाउरो पालामा मानसिक तनाव दिँदै आएको छ ।

घरजग्गा धनीले पहिले भरेको जग्गाको विवरण र उक्त जग्गामा भएको भौतिक संरचनाको विवरणभन्दा फरक विवरणसहितको कागजपत्र सेवाग्राहीलाई दिएपछि सेवाग्राही नैतिक रूपमा तनावमा आउने गरेका छन् । महानगरपालिकाले उक्त तनाव आफ्नो मातहतमा रहेको बजार क्षेत्रको वडा समितिमार्फत दिने गरेको छ ।

विराटनगर महानगरपालिकाका वार्ड नं. ९ का वडावासीले आर्थिक वर्ष २०७९/०८० मा विराटनगर महानगरपालिका वार्ड नं. ९ ले रकम बुझेको कर रसिदमा पूर्वाधार दस्तुर १०००/- ढल उपयोग सेवा शुल्क २२५०/- गरी दुई वटा रकम जोड्दा जम्मा ३२५०/- उल्लेख छ । तर रकम बुझ्दा ९ हजार १ सय ३९ रुपैयाँ उल्लेख तर ३२५०/- देखि बाहेक रकम केबापत लिएको उल्लेख छैन । यसलाई हेर्दा महानगरपालिकाले लिएको रकम के बापत हो यसको जवाफ अहिले कसैले खोजेका छैनन् ।

सोही जग्गा धनीले २०७९/०८० मा तिरेको राजस्व रसिद लिई राजस्व तिर्न जाँदा अहिले राजस्व तिरेको रसिद हेरेपछि तनावमा आएका छन् ।

अहिले उपलब्ध गराएको रसिदमा घरको किसिमको विवरणमा भुईँ मार्बल लगाएको भित्र बाहिर वालमा टायल लगाएको, आरसिसी गरेको उल्लेख गरेको कागज सहितको विवरण भएको बिल दिएपछि निज तनावमा आएका छन् ।

करयोग्य मूल्य घर जग्गा धनीले उल्लेख गर्ने हो, घरको विवरण घरधनीले उल्लेख गर्ने हो तर महानगरपालिकालाई आफू खुसी हुने छ भनेर अनुमानकै भरमा विवरणलाई सिस्टममा हालेर त्यहीलाई आधार मानी पछि सेवाग्राहीलाई थप तनाव दिने सम्भावना बढेको छ । पछि अर्को वर्ष महानगरपालिकाले अनुमानको भरमा सम्भावना भन्दै आफूले गरेको कामलाई पछि वास्तविकतामा उतार्दै नयाँ नियम बनाएर महानगरवासीलाई तनावमा पार्ने सम्भावना बढेर गएको छ ।

दोस्रो पटक यस आर्थिक वर्षको निर्धारित सम्पत्ति कर ६०५१/- उल्लेख छ । दस्तुर १०००/- ढल उपयोग सेवा शुल्क २२५०/- उल्लेख गरी रकम लिइएको छ ।

घर बनावटको किसिममा आफूखुसी विवरण राखेको घटनाको बारेमा विराटनगर महानगरपालिका कार्यपालिकाका राजस्व शाखा प्रमुख सरोज गौतमसँग आफूखुसी विवरण अवलोकन गरेको विषयमा जिज्ञासा राख्दा सो हुन नसक्ने कुरा बताउनुभयो ।

पछि कागज हेरेर उहाँले कार्यालयका कर्मचारीसँग सोधपुछ गर्दा विवरणमा भुईँमा मार्बल लगाएको भित्र बाहिर वालमा टायल लगाएर आरसिसी गरेको कुरा उल्लेख भएको कुराको बारेमा स्वीकार गर्दै जुन वार्डमा हो त्यहाँ सच्याउन सकिने बताउनुभयो ।

सबैले यसतर्फ सचेत नहुने हो भने मार्बल लगाएको टायल लगाएको आरसिसी गरेको भन्दै राजस्व ४ गुणा बढी तिर्नेतर्फ कदम नचालिएला भन्न सकिँदैन । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया