विराटनगर ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहदा पर्यटन मन्त्रालयको गाडिको व्यापक दुरुपयोग भएको छ । सिरुवा पर्वको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक विदा सरकारले दिएको भएपनीपर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाकोले व्यापक रुपमा सरकारी गाडिको दुरुपयोग गरिएको पाइएको छ । कोशी कटानको निरिक्षणका लागी भनेर गएको गाडि न प्र १–०२–००१झ ०७४४ नम्वरको गाडिले व्याक्तिगत प्रयोजनको लागी चामल ढुवानीमा व्यास्त भएको पाइएको छ । आयोजना प्रमुख कुल दिप प्रसाद यादव सवार गाडिले मालसामानको ढुवानी गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ्गले सार्वजनिक विदामा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको भएपनी पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाकोले सरकारी नियमको नै धज्जी उठाएर व्याक्तिगत चामलको ढुवानीमा प्रयोग गरिएको पाइएको छ । पर्यटन विकास आयोजनाका सवारी चालक कृष्ण कुमार श्रेष्ठको लागी घरायसी प्रयोजनको लागी सामान ढुवानीमा सुनसरीमा प्रयोग गरिरहेको अवस्थामा फेलामा परेको थियो । अत्यावश्यक भएको अवस्थामा भने जिल्ला प्रशासनबाट पास लिएर मात्र सरकारी सवारी साधनमा विदाका दिन पनि निस्किन पाइने कानुनी व्यावस्था भएपनी आयोजना प्रमुखले मनोमानी ढंगवाट १ महिनाको पास आफनै मन्त्रालयबाट जारी गर्न लगाएर निरिक्षणको वाहनामा कोशी गाउँपालिका पुगेको स्रोतको दावी छ । आन्तरिक पर्यटक बढाउने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वर्षको घोषण गरेको दुई दिन नवित्दै अनुगमनको नाममा सरकारी गाडि व्याक्तिगत प्रयोजनका लागी प्रयोग भएको पाइएको छ ।कानुनी व्यावस्था अनुसार सरकारी कर्मचारीले पनि विदामा घुम्न निस्किनुपर्दा निजी सवारी साधनमै यात्रा गर्नुपर्नेछ । तर त्यसको ठाडो धज्जी उठाउदै सो कार्यालयका प्रमुखले अनुगमनको वाहनामा १ महिने पास जारी गरेर सरकारी गाडि प्रयोग गरेका छन । यस विषयमा आयोजना प्रमुख कुल दिप प्रसाद यादवसगँ टेलिफोन सम्पर्क गर्दा आफुले मानविय सहयोगको लागी चामल ढुवानी गर्नको लागी चालकलाई अनुमती दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया