विराटनगर । मोरङ जिल्लामा सञ्चालित विभिन्न सवारी साधनहरूबाट दुर्घटनामा पर्ने क्रम भने अहिले पनि रोकिएको छैन ।
चैत महिनामा मात्र १३१ वटा सवारी साधनहरू दुर्घटनामा परेका छन् भने उक्त दुर्घटनामा परेको सवारी साधनमध्येबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । मृत्यु हुनेमा पुरुष ५, महिला १ र बालिका १ रहेको जिल्ला ट्राफिक कार्यालय मोरङले बताएको छ ।
सोही अवधिमा गम्भीर घाइते हुनेमा पुरुष १४, महिला ३, बालक १ गरी १८ जना रहेका छन् ।
साधारण घाइतेतर्फ पुरुष १२५, महिला ४८, बालक १७ र बालिका ९ गरी १९९ जना रहेका छन् । सोही अवधिमा घाइते हुने चौपायाको सङ्ख्या २ रहेको छ ।
चैत महिनामा मात्र सवारी नियम पालना नगर्ने सवारी साधनको सङ्ख्या २६६२ रहेको छ भने सवारी साधनबाट २२ लाख ३७ हजार जरिवाना असुल गर्ने काम ट्राफिक कार्यालय मोरङले गरेको छ ।
सवारी नियम उलङ्घन गरी सवारी साधन चलाउने सवारी साधनमध्ये ट्रक ५२८, ट्रिपर २०, बस ११४, कार-जिप ४३७, ट्याक्टर २६१ मोटरसाइकल ९३८, ट्याम्पो सिटी अटो ३६८ वटा कारबाहीमा परेका छन् ।
चैत महिनामा कारबाहीमा पर्ने विभिन्न सवारी साधनको सङ्ख्या २६६२ रहेको छ ।