विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की र कोसी प्रदेशकै उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम बिच एउटै मञ्चमा राजनीतिक जुहारी चलेको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशद्वारा कोसी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती विषयक अन्तर्संवाद कार्यक्रममा उक्त जुहारी चलेको हो ।
कोसी प्रदेशले गर्न लागेको प्रदेश लगानी सम्मेलनलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा उक्त जुहारी चलेको हो ।
कोसी प्रदेशको आर्थिक अवस्था, लगानीको सम्भावना र चुनौती विषयमा आयोजकको तर्फबाट प्रस्तुत गरिएको अवधारणा पत्रमा सङ्घीय, प्रादेशिक र स्थानीय तह बिच संवादको अभाव, कानुनी जटिलता, नीतिगत समस्यालाई निराकरण गरेमा लगानी गर्न लगानीकर्ता तयार रहेको कुरालाई विस्तृत रूपमा प्रस्तुत गरिएको थियो ।
लगानी गर्न लगानीकर्ता तयार छन् । पूर्वाधार प्रदेश सरकारले बनाउनुपर्छ । कानुनी समस्या पर्याप्त छ, यसलाई हल गर्न कोसी प्रदेश सरकार लाग्नुपर्छ भन्ने धारणा राखेका थिए ।
उक्त धारणा नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले राख्नुभएको थियो ।
कोसी प्रदेशका मुख्यमन्त्रीको तर्फबाट उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले केबुल कार निर्माणलाई लक्षित गर्दै कसैले धर्म, संस्कृति, पहिचानलाई मेट्ने गरी जुन काम गर्न खोजियो सो हामीलाई मान्य नहुने बताउनुभयो ।
विकास आवश्यक छ, विकासको नाममा कुनै धर्म, जातिको पहिचान, संस्कृति मेटाउन पाइँदैन, आफूले मत माग्दा जुन प्रतिबद्धता व्यक्त गरिएको हो त्यसलाई पालना गर्ने बताउनुभयो ।
विकासका सम्भावना धेरै छन्, सरकारमा रहेका हामीले जटिलतालाई निराकरण गर्न सकेका छैनौँ भन्नुहुँदै यसमा सरकार र नीति लगानीकर्ता बसेर निर्णयमा पुग्नुपर्छ भन्नुभयो ।
यसरी उद्योग, कृषि तथा सहकारी मन्त्रीले बोलेपछि आफू बोल्ने क्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले कानुनी समस्या धेरै छ, कतिपय कुराहरू हामीले गर्न सक्दैनौँ, सङ्घीय सरकारमा जानुपर्छ । व्यापारीको फाइल बोकेर कहाँ जानुपर्छ सँगै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँको प्रतिबद्धता पहिलो होइन, उहाँ जहाँ जानुहुन्छ आयोजकले नीतिगत समस्या बताउने गरेका छन् । मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुहुन्छ तर बोल्दैमा केही हुँदैन प्रतिबद्धता पूरा गर्नुभएको छैन ।
उहाँले केवल कार निर्माणमा अवरोध गर्नुलाई राजनीतिक गरेको हो, यहाँ धर्म, संस्कृति दङ्गाको नाममा राजनीति गरेर विकासमा अवरोध पुर्याएका छन् । विकास गर्न प्रदेश सरकार तयार छ । राजनीति नगर्न सुझाव दिनुभएको थियो ।
हामीसँग धेरै माल कमाउने बाटो छ, काठमाडौँको पशुपतिनाथ, सुनसरीको वराहक्षेत्र, लुम्बिनीको गौतम बुद्ध आदि ठाउँ छ । भारतमा धेरै हिन्दु छन् । उनीहरूले पशुपतिलाई मान्दछन् । भारतमा रहेका भारतीय हिन्दुमध्ये १ प्रतिशतलाई नेपाल ल्याउन सकियो भने र बुद्धिस्ट मुलुकले गौतम बुद्धलाई मान्दछन् तिनीहरूलाई लुम्बिनी ल्याउन सकियो भने नेपालले धेरै माल कमाउन सक्छ भन्नुभयो ।
एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनको सरकार २०८४ सम्म रहन्छ । हामी मिलेका छौँ, प्रदेश लगानी सम्मेलन हुन्छ त्यसपछि कानुनी जटिलताको लागि हामी लाग्छौँ मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
उहाँले भन्नुभयो लगानीमा पहिलो हस्ताक्षर अनि मात्र कानुनी जटिलता निराकरणतर्फ कोसी प्रदेश सरकार लाग्ने बताउनुभयो ।
प्रतिबद्धता व्यक्त गर्दैमा लगानीकर्ताले खुसी व्यक्त गर्नु एक मूर्खता बाहेक केही होइन ।