विराटनगर । कोसी प्रदेश सरकारले गर्ने भनिएको कोसी प्रदेश लगानी सम्मेलन सम्पन्न गर्न बोलपत्र आह्वान गरेर ठेक्कामार्फत सम्पन्न गर्ने भएको छ ।
३ करोड खर्च हुने गरी गर्न लागिएको लगानी सम्मेलनमा लाग्ने खर्च केही प्रदेश सरकारले र बाँकी विदेशी सहयोगी संस्थाले व्यहोर्ने भएको छ ।
वीरेन्द्र सभागृहमा गर्ने भनिएको लगानी सम्मेलन बाहिर राखिएका ब्यानर समेत संस्थाले प्रायोजन गरेको हुँदा उक्त लगानी सम्मेलन कसको उद्देश्य पूरा गर्न लागिएको हो । यस विषयमा आर्थिक क्षेत्रका जनावरहरूले ध्यान दिनुभएको छ ।
लगानी सम्मेलन कोसी प्रदेश सरकारले गर्ने कुराको जानकारी कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सार्वजनिक रूपमा र प्रचार प्रसारकै लागि विद्युतीय सञ्चार माध्यमद्वारा गरिएको भए पनि कोसी प्रदेश स्तरीय लगानी सम्मेलनको विषयमा विस्तृत कुरा मुख्यमन्त्री कार्यालय एवम् मन्त्री परिषद्का प्रवक्ता पवन तिम्सिनालाई कोसी प्रदेश लगानी सम्मेलनको बजेट कति त्यस विषयमा अन्य कुरा सोध्दा उहाँले कोसी प्रदेश लगानी सम्मेलनको बारेमा विस्तृत कुरा उपसचिव अर्जुन निरौलालाई सोध्नुहोला भन्नुभयो ।
उपसचिव अर्जुन निरौलालाई कोसी प्रदेश लगानी सम्मेलनको बारेमा जिज्ञासा राख्दा कोसी प्रदेश लगानी प्राधिकरणका सी.ओ. सरोज कोइरालालाई कुरा थाहा हुनसक्छ उहाँसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।
कोसी प्रदेश लगानी प्राधिकरणका सी.ओ. सरोज कोइरालासँग कोसी प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलनमा प्रदेश सरकारको कति खर्च लाग्छ व्यवस्थापनको अवस्था के छ भनी जिज्ञासा राख्दा कोसी प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलनमा प्रदेश सरकारको लगानी भन्नेतर्फ अहिले नै भन्न नसकिने बताउनुभयो ।
कोसी लगानी सम्मेलनको व्यवस्थापनको लागि टेन्डर खोलेर ठेक्का लगाइएको छ । उक्त व्यवस्थापनको जिम्मा लिने संस्थाले सहभागीलाई बस्न, खानको व्यवस्था गर्ने छ । त्यहाँ चाहिने सम्पूर्ण कुरा ठेक्का लगाइएको हुँदा लगानी सम्मेलन ठेक्कामार्फत सम्पन्न गरिने कोइरालाले बताउनुभयो ।
लगानी सम्मेलनमार्फत लगानीकर्ताले लगानी गरेमा त्यसको व्यवस्थापनको जिम्मा कोसी प्रदेश सरकारले नागरिक ठेक्कामार्फत गर्ने आङ्कलन गरिएको छ ।